हसुलिया, ६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) केन्द्रको कैलारी गाउँपालिका–७ मा प्रथम वडा सम्मेलन भएको छ ।
सम्मेलनले कमलप्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मतले २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा शहीद परिवार सीता चौधरी, सचिवमा विष्णुदेवी चौधरी, सहसभिवमा लक्ष्मण थापामगर र कोषाध्यक्षमा गोलुराम चौधरी चयन भएका छन् ।
कैलारी गाउँपालिकाका अध्यक्षसमेत रहेका माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लाजुराम चौधरीको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो । सम्मेलनमा सो पार्टीका जिल्ला समन्वय समिति सदस्य परशुराम चौधरी, जिल्ला सदस्य उर्मिला चौधरी लगायतको उपस्थिति रहेको थियो ।