२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

कैलारीको ७ नम्बर वडालाई साक्षर घोषणा

६ मंसिर २०७८, सोमबार
कैलारीको ७ नम्बर वडालाई साक्षर घोषणा

हसुलिया, ६ मंसिर । कैलालीको कैलारी गाउँपालिकास्थित ७ नम्बर वडालाई साक्षर वडा घोषणा गरिएको छ ।
सोमबार एक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो । वडामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएपछि साक्षर वडा घोषणा गरेको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
वडा अध्यक्ष चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख गणेश मिश्र, वडा सदस्य, विभिन्न गाउँका भलमन्सा, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको थियो ।
यो वडाको जनसंख्या छ हजार ९७९ रहेको छ ।