२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी

२३ कार्तिक २०७८, मंगलवार
सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी

धनगढी । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो ।
प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन् । साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ । उनी नेकपा माओवादी केन्द्र निकट हुन् ।
यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद देवराज जोशी प्रदेश प्रमुख भएका छन् । उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन् । हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए ।