२९ जेष्ठ २०८३, शुक्रबार June 12, 2026

५० हजार नगद सहित १४ जुवाडे पक्राउ

१६ कार्तिक २०७८, मंगलवार
५० हजार नगद सहित १४ जुवाडे पक्राउ

धनगढी । धनगढीमा प्रहरीले झण्डै ५० हजार नगद सहित १४ जना जुवाडे पक्राउ गरेको छ । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बेलीका ३० वर्षीय ईश्वर चौधरी, ३३ वर्षीय प्रेम चौधरी, ३५ वर्षीय राम निवास चौधरी, ३० वर्षीय अम्मर राना, २८ वर्षीय दिनेश राना, ३१ वर्षीय लाल चौधरी, ४० वर्षीय कृष्ण प्रसाद पाण्डे, २१ वर्षीय रमेश खाती क्षेत्री रहेका छन् । त्यस्तै, सोही ठाउँका ३२ वर्षीय माया राम चौधरी, ४३ वर्षीय हरी चन्द, ३४ वर्षीय नरेश चौधरी, २८ वर्षीय आदेश चौधरी, ३१ वर्षीय कुल चौधरी र भारत घर भई बेली बस्दै आएका २४ वर्षीय अस्पाक खान रहेका प्रहरीले बताएको छ ।