२० मंसिर २०८१, बिहीबार December 5, 2024

आर्थिक सशक्तिकरणका लागि महिलालाई प्याड र ढकिया निर्माण तालिम

१५ कार्तिक २०७८, सोमबार
आर्थिक सशक्तिकरणका लागि महिलालाई प्याड र ढकिया निर्माण तालिम

राम अवतार चौधरी
कपिलवस्तु ।
महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्नका लागि कपिलवस्तुको शिवराज नगरपालिका–३ मा प्याड निर्माण र ढकिया निर्माण सम्बन्धी तालिमको सुरुवात भएको छ । वडा कार्यालयको सहयोगमा किर्डाक नेपालको समन्वयमा आशा सञ्जाल बलुहवा र लागि गुराँस स्वावलम्बन समूहको आयोजनामा बलुहवा र मदवा तालिमको सुरुवात भएको जनाइएको छ ।
शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले तालिमलाई सम्बोधन गर्दै अहिलेको अवस्थामा मानिस जमना अनुसार बदलिनु सक्नु बताए । हिजोको अवस्थामा सेनेटरी प्याड भन्ने कुरा थाहा थिएन अहिले बिभिन्न् माध्यम सहज भएको बताउँदै विभिन्न तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गरि दिगो रुपमा अगाडि बढउनु पर्ने अधिकारीले बताए ।

यस्तै शिवराज नगरपालिका वडा न. ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले किर्डाक नेपालले विभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको जानकारी दिए । गत वर्ष पनि तालिम सञ्चालन भएको थियो तर अझ प्रभावकारी बनाउने उद्धेश्यले यस वर्षको बजेटले प्याड निर्माण बनाउने तालिम सन्चालन गरेको उनले बताए । तालिममा सहभागिमा लागि आफूले सिकेका कामलाइ निरन्तर दिँदै सामान गुणस्तरिय बनाउनुका साथै व्यवसायिक रुपमा बजारिकरणको लागि आफूले पहल गर्न वडाअध्यक्ष सापकोटा बताए । गत वर्षको तालिम पछि पनि प्याड निर्माण गर्न मेसिन दिएको बताउँदै आगमि दिनमा पनि वडाबाट हुने सहयोगको उनले प्रतिबद्धता जनाए ।
किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले व्यवसायिक कसरी बनाउन सकिन्छ गुणस्तरिय सामान निर्माण कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्ने जोड दिए । आधारभुत विद्यालयमा सेनेटरी प्याड निःशुल्क वितरण गरिदैँ आएको जनाउँदै स्थानियस्तरमा सामान गुणस्तरिय बनाउन सकेमा स्थानिय स्तरमा रोजगारी, पैसाको बचत र पर्यवरणमा पनि असर नपर्न संयोजक रावलले बताए ।

यस्तै आशा सञ्जाल बलुहवाको अध्यक्ष रासिका बुढा मगरले तालिमबाट सिकेका सिपलाई व्वाहारमा ल्याउने बताइन् । प्याड निर्माण तालिममा वडा न. ३ बलुहवाका २५ जनाको सहभागिता रहेको तालिम तिन दिन सम्म सञ्चालन रहने कालिका स्वा.सामाजिक केन्द्र संयोजक कमला सापकोटा, पोषण सहजर्कता नैना अदैले सिकाउने किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता इन्दु थारुले जनाइन् । यस्तै ढकिया निर्माण तालिमा वडा न. ३ मदवाका २५ जना सहभागि रहेको तालिम २०दिन सम्म रिता थारुले सिकाउने किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता राजेश चौधरीले जानकारी दिए ।