९ जेष्ठ २०८१, बुधबार May 22, 2024

थरूहट मोर्चाको कपिलवस्तु जिल्ला तदर्थ समिति गठन, कार्तिक ५ गते जिल्ला भेला हुने

२० आश्विन २०७८, बुधबार
थरूहट मोर्चाको कपिलवस्तु जिल्ला तदर्थ समिति गठन, कार्तिक ५ गते जिल्ला भेला हुने

कपिलवस्तु । थरूहट थारूवान राष्ट्रिय मोर्चाले कपिलवस्तुको चन्द्रौटामा बुधबार जिल्ला तदर्थ समिति गठन गरेको छ ।
मोर्चाले प्रकाश चौधरीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजमा माधव थारू रहेका छन् । त्यस्तै सदस्यहरुमा गोपी थारू, इन्द्र बहादुर थारू, संदीप कुमार थारू, श्री निवास थारू, खेम चौधरी, प्रमिला थारू, सतिश थारू, रेशम चौधरी, अर्जुन चौधरी, उत्तम चौधरी, राम नरेश थारू रहेका छन् ।


समितिको सल्लाहकारमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयर शिवकुमारी चौधरी, राम अवतार चौधरी र सीताराम थारू रहेका छन् । मोर्चाले अगामी कार्तिक ५ गते चन्द्रौटामा जिल्ला भेला पनि गर्ने जनाएको छ ।

कार्यक्रममा मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण चौधरी, कैलाली जिल्ला संयोजक माधव थारू लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।