१० चैत्र २०८१, सोमबार March 24, 2025

गाउँघर विकासका लागि गठबन्धनलाई विजयी गराउन आवश्यक : खेम डगौंराथारु

१० कार्तिक २०७९, बिहीबार
गाउँघर विकासका लागि गठबन्धनलाई विजयी गराउन आवश्यक : खेम डगौंराथारु


कैलाली । कैलाली निर्वाचन क्षेत्र नंं ३ (क) अन्र्तगतका प्रदेश सभा सदस्यका उम्मेदवार खेमराज डगौंरा थारुले गाउँघरमा विकास निर्माणका लागि गठवन्धनका उम्मेदवारलाई विजयी आवश्यक रहेको बताएका छन् ।
बुधबार कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाँफाँटा गाउँ समाजद्वारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँघरमा रहेका विकास निर्माणका अधुरा योजना तथा गाउँघरमा विकास निर्माणका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जोड दिए ।


गाउँघरमा रहेका विभिन्न किसिमका समस्या बाढी पीडित, नदी नियन्त्रण लगायत सिँचाइ कुलोको समस्या रहेको औँल्याउँदै उनले त्यस्ता समस्यालाई सम्बोधनका लागि पनि गठबन्धनका टीमलाई भोट दिन आवश्यक रहेको बताए ।
‘गाउँघरमा बाढी लगायत पटानी डुबानीको विकराल समस्या रहेको छ, कृषकका लागि सिँचाई कुलो, मलखादको पनि त्यस्तै समस्या रहेको छ, त्यस किसिमका समस्या सम्बोधनका लागि गठबन्धनका टीमलाई नै विजयी गराउन आवश्यक रहेको छ’, उनले भने ।
कैलाली क्षेत्र नंम्बर ३ अन्र्तगत प्रतिनिधी सभाका लागि माओवादी केन्द्रका कृष्ण चौधरी ‘कुन्दन’, ३ (क) प्रदेश सभा सदस्य तर्फ नेपाली काँगे्रसका खेमराज चौधरी र ३ (ख) मा एकीकृत समाजवादीका अमर साउँद गठबन्धनका उम्मेदवार रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रकी प्रदेश सभाकी समानुपातिक उम्मेदवार उर्मिला चौधरीले पनि गाउँघरमा रहेका विभिन्न किसिमका समस्यालाई सम्बोधनका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताएकी थिइन् ।


उनले भनिन्, ‘गाउँघरमा भएका विकास निर्माण हरेक वर्ष बाढीका कारण प्रभावित हुने भएकाले त्यस्ता विकास निर्माणका योजनालाई निरन्तरता दिन र गाउँघरको विकास तथा सम्वृद्धिका लागि गठबन्धनका टीमलाई विजयी गराउन आवश्क रहेकोछ ।’
कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष लाजुराम चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम लगायत समाजसेवी वुद्धिजिवीहरु अतिथीको रहेको थियो ।
कार्यक्रम गाउँका भलमन्सा दुलारेलाल चौधरीको अध्यक्षतामा भएको थियो । भुँइयाँफाँटा गाउँ समाजको आयोजनामा भएको कार्यक्रमको मुख्य प्रयोजक यूनिक फेन्सी एण्ड कस्मेटिक सुर्मिनाला र सहप्रायोजक किरण आट्र्स एण्ड स्टिकर सुर्मिनालाले गरेको थियो भने संयोजन युनिक भिजन डान्स एकेडेमी धनगढीले गरेको थियो ।
कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।