१० चैत्र २०८१, सोमबार March 24, 2025

संविधान बचाउन गठबन्धनलाई जिताउन जरुरी : प्रधानमन्त्री देउवा

६ कार्तिक २०७९, आईतवार
संविधान बचाउन गठबन्धनलाई जिताउन जरुरी : प्रधानमन्त्री देउवा

कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताएका छन् ।
आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको औंल्याए ।
‘२००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ’, उनले भने ।
जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्दै उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरे ।