६ चैत्र २०८०, मंगलवार March 19, 2024

कृषक समूहलाई तरकारी बीउ

७ आश्विन २०७८, बिहीबार
कृषक समूहलाई तरकारी बीउ

राम अवतार चौधरी
चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३, का कृषक समूहलाई तरकारी बीउ विजन वितरण गरिएको छ । बुधबार खरेन्द्रपुरमा आयोजना गरिएको कार्यक्रममा ९ वटा कृषक समूहका सदस्यहरुलाई बीउ विजन गरिएको बताइएको छ ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले वडाले वितरण गरेको बीउ घरमा लगि थन्काएर राख्ने नभएर करेसाबारीमा उत्पादन बढाउनमा जोड् दिइन् । विदेशी तरकारी आयत कम गर्नमा योगदान पुग्ने बताउँदै स्थानीय स्रोत साधनको समेत प्रयोग हुनुको साथै रोजगरी सिर्जना हुने उनले बताइन् । यस चालू आर्थिक बर्षको पहिलो कार्यक्रम रहेको बताउँदै कृषकलाई नै प्राथमिकता दिएको थारुले जानकारी गराइन् ।

वडा नं.३ का विभिन्न गाउँका २ सय २५ सदस्यहरूलाई बन्द र फुल गोभी, टमाटर, मुला, गाँजर, बोँडी, भेन्दी लगायतको बीउ विजन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाअध्यक्ष टेकलाल सापकोटा अध्यक्षमा भएको कार्यक्रममा शिवराज नगर कृषि शाखा प्रमुख तारा चन्द चौधरी, समाजसेवी बलराम मरासिनी, जलजला कृषक समूहकी अध्यक्ष नैना अदै लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।