१६ चैत्र २०८०, शुक्रबार March 29, 2024

पत्रकार चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

३१ भाद्र २०७८, बिहीबार
पत्रकार चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

कैलाली । थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष लक्की चौधरी पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल नेपालले ३० बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जस अन्र्तगत चौधरीलाई प्रेस काउन्सिलले थारु भाषागत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
पत्रकार चौधरी कैलालीबाट प्रकाशन हुने हमार पहुरा थारु दैनिकका प्रकाशक सम्पादक र हमार पहुरा डटकमका संस्थापक सम्पादक हुन् । हाल उनी गोरखापत्रमा पनि आवद्ध रहेका छन् ।