१३ बैशाख २०८१, बिहीबार April 25, 2024

बालबालिका समाजका मार्गदर्शक हुन् : अध्यक्ष चौधरी

२९ भाद्र २०७८, मंगलवार
बालबालिका समाजका मार्गदर्शक हुन् : अध्यक्ष चौधरी

हसुलिया । कैलालीमा विभिन्न कार्यक्रमको आयोजना गरि ५७औं राष्ट्रिय बाल दिवस मनाईएको छ । यसै बिच कैलारी गाउँपालिकामा पनि विभिन्न कार्यक्रम सहित बाल दिवस मनाईएको छ । ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा सहित राष्ट्रिय बाल दिवस मनाईएको हो । दिवसको अवसरमा अपाङ्गता, संरक्षण विहिन र विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामाग्री र स्कूल ब्याग सहयोग गरिएको थियो ।
महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका ८० जना बालबालिकालाई उक्त सामाग्री वितरण गरिएको जानकारी गराइन् ।


कार्यक्रमका गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको इच्छा आकांक्षा लगायत शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने बताए । उनले भने–‘बालबालिका हाम्रा लागि मात्र होइन, समाज तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छन् । प्रत्येक राष्ट्रको भविष्यका कर्णधार अर्थात् भोलिको देश निर्माता आजका बालबालिका नै हुन् ।’
मुलुकको भविष्यका उत्तरदायी बालबालिका नै भएकाले उनीहरुलाई राम्रो मार्ग निर्देशन गर्नु पर्ने पनि आवश्यक रहेको बताए । यसका साथै बालबालिका आगामी समयका समाजका मार्गदर्शक रहेकाले उनीहरुलाई समाजका हरेक कुरा बुझाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा पारदर्शी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक कौशी बोहराले व्यक्तिगत १८ वटा स्कूल ब्याग सहयोग गरेकी थिइन् ।


महिला तथा बालबालिबा शाखाको आयोजनामा भएको कार्यक्रमलाई पारदर्शी महिला बहुउद्देश्यीय सहकारी संस्था, सामाजिक सेवा अध्ययन केन्द्र कैलालीले सहयोग गरेको थियो ।
कार्यक्रममा विद्यालय निरीक्षक गणेश प्रसाद मिश्र, इलाका प्रहरी कार्यालयका प्रमुख लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रममा सामाजिक विकास अधिकृत यगम कलेलले कार्यक्रमको उद्देश्य र कार्यक्रम सञ्चालन गरेका थिए ।