२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट

१६ भाद्र २०७८, बुधबार
सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट

बाँके । राजापुर नगरपालिका ६ नं. वडा कार्यालयले आफ्नो वडाका बरघरलाई मोवाइल सेट र सीम कार्ड वितरण सहयोग गरेको छ । उक्त वडाका १२ जना बरघरलाई मोवाइल सेट र सीम कार्ड सहयोग गरेको हो ।
वडा भित्र रहेका सबै टोलका बरघरहरुको सम्मान र सरल तथा सहज रुपमा सूचना आदान प्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले मोवाइल र सीम कार्ड प्रदान गरिएको वडा अध्यक्ष महेशकुमार चौधरीले बताए ।
‘साधारण कामदेखि लिएर ठूला कामका लागि बरघरले आफ्ना टोल र वडा तथा गाउँपालिकामा सूचना प्रवाह गर्नुपर्ने भएकोले सजिलोका लागि मोवाइल सेट र सीम कार्ड प्रदान गरिएको हो,’ उनले भने ।