१० चैत्र २०८१, सोमबार March 24, 2025

थाकस कैलाली सभापतिका लागि ३ जनाको उम्मेदवारी

७ आश्विन २०८०, आईतवार
थाकस कैलाली सभापतिका लागि ३ जनाको उम्मेदवारी

धनगढी । थारु कल्याणकारिणी सभा कैलाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिका लागि दिलबहादुर चौधरी, विरबहादुर चौधरी र देशराम चौधरीको उम्मेदवारी परेको हो । शनिच्चरबाट सुरु भएको ९औं जिल्ला अधिवेशनमा नयाँ कार्यसमितिका लागि तीन जनाको उम्मेदवारी परेकोले चुनावी प्रक्रियमा गएको निर्वाचन समितिका सदस्य जोहारीलाल चौधरीले बताए । उनले उपसभापति लगायत अन्य पदमा पनि बढी उम्मेदवारी परेको जनाए । चुनाव अगामी असोज १३ गते शनिबारका दिन हुने भएको छ ।
उपासभापतिमा लक्ष्मण चौधरी, मानबहादुर चौधरी, बतासु चौधरी, चुनीराम चौधरी र सुस्मिता चौधरीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्ष पदका लागि एकजनाको उम्मेदवारी परेकोले सुस्मिता चौधरी निर्विरोध चयन भएकी छन् ।
सचिव पदमा बसन्ती चौधरी र बुधराम चौधरीको उम्मेदवारी परेको छ । सहसचिवमा रतन बहादुर चौधरी र विनोद चौधरीको उम्मेदवारी परेको छ । त्यसैगरि कोषाध्यक्षमा सुनिता चौधरी र दिव्य प्रियासी चौधरीको उम्मेदवारी परेको छ । जिल्ला सदस्य र केन्द्रीय पार्षदको लागि भने टुङगो लागेको जनाइएको छ ।
निर्वाचन समितिका सदस्य चौधरीका अनुसार नयाँ कार्यसमिति चुयनका लागि प्यानलगत रुपमा नजाने राजनितिक दल बिच सहमति भएको बताए ।
९औँ जिल्ला अधिवेशनका लागि केन्द्रीय सदस्य जिउलाल चौधरीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा अधिवक्ताद्वय जोहारी लाल चौधरी, सर्जुप्रसाद चौधरी र इन्दिरा चौधरी रहेका छन् । प्राविधिक सहयोगीमा काजी चौधरी र विनय चौधरी रहेका छन् ।

कैलालीमा थारु बहुल क्षेत्र रहेको ११ वटा पालिकामा थाकसको पालिका स्तरीय समिति चयन गरिएको छ । जसमा धनगढी उपमहानगरपालिकाको सभापतिमा सुर्य प्रसाद चौधरी, कैलारी गाउँपालिमा अशोक चौधरी, गोदावरी नगरपालिकामा जनकलाल चौधरी, घोडाघोडी नगरपालिकामा रेणुका चौधरी, बर्दगोरिया गाउँपालिकामा प्यारे चौधरी, लम्कीचुहा नगरपालिकामा बलराम चौधरी, जानकी गाउँपालिकामा धनिराम गोइजिहार, टीकापुर नगरपालिकामा विमलकुमार डगौरा, जोशीपुर गाउँपालिकामा भैरव चौधरी र भजनी नगरपालिकामा लोकेन्द्र चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।