१७ बैशाख २०८१, सोमबार April 29, 2024

कैलारीमा अँट्वारीको शुभकामना अदानप्रदान, मौलिक संस्कृति जर्गेनामा जोड

३० भाद्र २०८०, शनिबार
कैलारीमा अँट्वारीको शुभकामना अदानप्रदान, मौलिक संस्कृति जर्गेनामा जोड

हसुलिया । कैलाली जिल्लाका कैलारी गाउँपालिकाको हसुलियामा अँट्वारी पर्वको अवसरमा शुभकामना अदानपदान कार्यक्रम गरिएको छ ।
‘रिति संस्कृति हमार पहिचान, यिहिहे बचैना हमार अभियान’ भन्ने मुल नारा सहित कैलारी गाउँपालिकाको आर्थिक सहयोग तथा थारु कल्याणकारिणीसभा कैलारी गाउँपालिका कार्यसमिति र नेपाल साँस्कृतिक महासंघ कैलारी गाउँपालिका कार्यसमितिको संयूक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कैलारी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजसमझ चौधरीले थारु समुदाय संस्कृतिमो धनी रहेको बताए । उनले भने, ‘जुनुसकै कार्यक्रममा थारु समुदायको संस्कृति बिना अधुरा रहने गर्दछ । देशको विकास संगै रिति संस्कृतिको पनि विकास भइरहेको छ, तर मौलिक संस्कृतिलाई जर्गेना गर्दै संस्कृतिको नाममा फैलिरहेको विकृतिलाई सुधार गर्नुुु पर्ने आवश्यक रहेको छ ।’
उनले अगाडी भने, हाम्रो पुरानो गरगहना, गीतबास लोप भइरहेको छ । हामीहरु अब गम्भीर हुन आश्यक रहेको छ । अहिले पुरानो संस्कृति बचाउने कोसिश भइरहेको छ, अहिलेका युवाप्ूस्ताहरु नयाँ नयाँ गीतबाँस मार्फत संस्कृति बचाइरहेका छन् तर मौलिक संस्कृतिलाई भुल्नु हुँदैन ।’
गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी भगवतीकुमारी चौधरीले अँट्वारी पर्वलाई परम्परागत रुपमा मनाउँदै आएको बताइन् । उनले भनिन्, अष्टिम्की, अँट्वारी पर्वमा अग्रसान दिने चलन रहेको छ, आफ्नो घर जस्तोसुकै भएसिन माइती घरबाट आएको पहुरामा माया ममता हुन्छ । पहुरा सँगै आमाबुवा, घरपरिवारको सन्देश पनि रहेको हुन्छ ।’
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरी, केन्द्रीय सदस्य इन्दु थारु, कैलालीका कार्यबाहक सभापति माधव थारु, कार्यक्रममे थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ३ क्षेत्रीय सभापति कृष्णाप्रसाद चौधरी, थाकासके अजीवन सदस्य सोनुराम चौधरी, वडा नम्बर ४ वडा अध्यक्ष ठागुराम चौधरी, थारु विद्यार्थी समाजके जिल्ला अध्यक्ष आशिष चौधरी, नेपाल सांस्कृतिक महासंघ कैलारी गाउँपालिका अध्यक्ष सविता थारुलगायत मन्तव्य व्यक्त गरेका थिए ।
थारु कल्याणकारिणीसभा कैलारी गाउँपालिका कार्यसमितिका अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सांस्कृतिक महासंघ कैलारी गाउँपालिका सदस्य तुल्सी चौधरीले अँटवारी पर्वबारे जानकारी दिएकी थिइन् । कार्यक्रम संचालन मञ्जु चौधरीले गरेकी थिइन् ।
कार्यक्रममा थारु संस्कृति झल्किने सखिया, झुम्रा नाँच, आधुनिक एकल नाँच, सामुहिक नाँच पस्तुत गरेको थियो ।
कार्यक्रममा कैलारी गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, बरघर भल्मन्सा लगायत गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।