धनगढी । कैलालीको कैलारी गाउँपालिकामा पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन भएको छ ।
परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालको आयोजनामा बुधबार हसुलियामा भएको एक कार्यक्रममा माया चौधरीको संयोजकत्वमा १५ सदस्यीय सञ्जाल गठन भएको हो । सञ्जालको उपसंयोजकमा कल्लु प्रसाद डगौराथारु, सचिवमा बनसराम चौधरी रहेका छन ।
त्यसैगरी सञ्जालका सदस्यमा आशिष चौधरी, पुष्पा चौधरी, पवित्रा विक, पवित्रा न्यौपाने, बिन्द्रा चौधरी, चेरिया चौधरी, जया चौधरी, आशा चौधरी, सीता चौधरी, प्रेरणा चौधरी, दुर्गा प्रसाद चौधरी र दाउराम चौधरी रहेका छन ।
त्यस्तै संजाल गठन पूर्व परिवर्तनका लागि कार्यरत युवा समुह (याक) नेपालका महासचिव हृदय पुजाराको अध्यक्षतामा भएको कार्यक्रममा उनले खाद्य अधिकारबाट र खाद्य अधिकार हननको सवाललाई उठान, पैरबी गर्न संजाल गठन गरेको बताए ।
कार्यक्रममा (याक) नेपालका खाद्य अधिकार सवलीकरण परियोजना संयोजक देवी खनाल खाद्य अधिकार, खाद्य सञ्जालबारे प्रस्तुतीकरण गरेका थिए । उनले खाद्य अधिकार प्रत्याभुतिका सरकारको दायित्व, सञ्जालका सिद्धान्त र सञ्जालले उठानु पर्ने सवालबारे जानकारी दिएका थिए । त्यसै गरी गाउँपालिकामा पालिका स्तरीय खाद्य अधिकार सञ्जालले सार्वजनिक सुनुवाई, पत्रकार सम्मेलन, प्रेस विज्ञप्ती, ध्यानाकर्षण, सुझावपत्र बुझाउन सकिने सवलीकरण परियोजना संयोजक खनालले बताए ।
कार्यक्रममा सहजीकरण गर्दै याक नेपालका परियोजना अधिकृत प्रदीपकुमार चौधरी संजालले गरिवी तथा पछाडी पारिएकाहरुको पक्ष लिने, हिंसारहित सामुहिक कार्य गर्नुपर्ने बताए । कार्यक्रममा वन उपभोक्ता समुह, क्ववका प्रतिनिधि, कृषक समुह, सहकारी संस्थाका प्रतिनिधि, महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।