१२ चैत्र २०८१, बुधबार March 26, 2025

अछाममा बाढी पहिरो, १२ को मृत्यु ११ जना बेपत्ता

१ आश्विन २०७९, शनिबार
अछाममा बाढी पहिरो, १२ को मृत्यु ११ जना बेपत्ता

अछाम । बिहिवार रातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सुदूरपश्चिममा धनजनको ठूलो क्षती भएको छ ।
अछाम जिल्लामा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोले घर पुरिदा तुर्माखाद गाउँपालिका, काँडामा ९ जना, कमलबजार नगरपालिकामा ७ जना र ढकारी गाउँपालिकामा २ जना वेपत्ता भएको बताए । सबैतिर प्रहरी टोली पुगेर उद्धार कार्य शुरु गरिएको उनले बताए । विस्तृत विवरण आउन बाँकी भएपनि १२ जनाको शव फेला परेको उनले बताए ।