२२ भाद्र २०८१, शनिबार September 7, 2024

‘बालबालिकालाई हक अधिकार दिलाउन सबैले लाग्नु पर्छ’

२९ भाद्र २०७९, बुधबार
‘बालबालिकालाई हक अधिकार दिलाउन सबैले लाग्नु पर्छ’

कैलाली । कैलालीको भजनी नगरपालिकामा विविध कार्यक्रम गरि ५८औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
महिला बालबालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मुल नारा सहित बाल दिवस मनाएको हो । उक्त अवसरमा ‘बालमैत्री समाजको अधार जिम्मेवार परिवार’ शिर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा कर्मेश्वर माविका छात्रा दुर्गा जैशी प्रथम, महुन्याल माविका आर्जु विक द्वितिय, राष्ट्रिय मावि खैलाडकी लक्ष्मी बिष्ट तृतीय र कृष्णध्वज मावि गोडचौराकी छात्रा उर्मिला साँउद सान्त्वना स्थान हासिल गरेकी थिइन् । कार्यक्रममा ७ विद्यालयका ७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।


कार्यक्रममा नगर प्रमुख केवल चौधरीले बालबालिका माथि हुने श्रमश्रोषणको अन्त्य गर्न र आफ्ना हकअधिकारबाट वञ्चित भएका बाललिकालाई हक अधिकार दिलाउन स्थानीय सरकार, समाज तथा अभिभावकले ध्यान दिनु पर्ने बताए । सम्बोधनकै क्रममा नगरप्रमुख चौधरीले गरिब, जेहेन्दार र पढ्नबाट बञ्चित रहेका विद्यार्थीहरुको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत नोखी राम ओलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उपप्रमुख राजु तिरुवा, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, ३ का वडा अध्यक्ष बिक्रम चौधरी, ४ का वडा अध्यक्ष जनता राम चौधरी, ६ का वडा अध्यक्ष राम सागर चौधरी, ९ का वडा अध्यक्ष सञ्जिव चौधरी लगायतको उपस्थिति रहेको थियो ।