२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

लायन्स क्लब अफ शिवराज कमिटी गठन

२१ श्रावण २०७८, बिहीबार
लायन्स क्लब अफ शिवराज कमिटी गठन

राम अवतार चौधरी
कपिलवस्तु, १७ साउन ।
 कपिलवस्तुको शिवराज नगरपालिकामा लायन्स क्लब अफ शिवराज कमिटी गठन भएको छ । जसको अध्यक्ष कमल पाण्डे, उपाध्यक्ष शान्ता गौतम, विजय भुसाल ,सचिव कृष्ण प्रसाद पोख्रेल,सह–सचिवमा नविन भण्डारी, कोषाध्यक्षमा बाबुराम पाण्डे सहित २१ सदस्य कमिटी गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
आगामी दिनमा यस क्लवले दिगो बनेर गरिने समाजसेवाको बारेमा विशेष छलफल भएको अध्यक्ष पाण्डेले बताए । समाजमा दिनप्रतिदिन बढ्दै गएको विकृति र विसंगतिलाई चिर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गरि अग्रणी भुमिका खेल्ने प्रतिबद्ध हुने उनले जनाए । समुदायको स्थानीयस्तरमा युवाहरुलाई लक्षित गरि कार्यक्रम ल्याउन पहल गर्ने समेत अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार वडा अध्यक्ष टेकलाल सापकोटा, समाजसेवी बलराम मरासिनी र चनई स्वास्थ्य चौकी प्रमुख जित बहादुर वि.सी लगायतका सहभागिता रहेको थियो । शनिबार लायन्स क्लब अफ शिवराजद्वारा खरेन्दद्रपुरमा आयोजित कार्यक्रममा सदस्यहरूसँग परिचयात्मक कार्यक्रम र चितवन सिटि मर्सि लाइन्स क्लबबाट अग्रजहरूसँगको भेटघाट तथा छलफल कार्यक्रम भएको कमिटीले जनाएको छ ।