३२ असार २०८१, सोमबार July 15, 2024

गुरही पर्वमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

३ भाद्र २०८०, आईतवार
गुरही पर्वमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

धनगढी । धनगढी उपमहानगरपालिकाले गुरही पर्वको अवसरमा भदौ ४ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थारु समुदाय गुरही पर्वलाई विशेष पर्वकोरुपमा मनाउदै आएकोले गुरही पर्वको अवसर पारेर उपमहानगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भदौ ४ गते उपमहानगरपालिको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्थामा सार्वजनिक बिदा बारे सूचना मार्फत जानकारी दिएको छ ।