९ आश्विन २०७८, शनिबार September 25, 2021

अखिल नेपाल महिला संघको कैलारी गाउँपालिका स्तरीय भेला सम्पन्न

१२ भाद्र २०७८, शनिबार १७:५६
अखिल  नेपाल महिला संघको कैलारी गाउँपालिका स्तरीय भेला सम्पन्न

हसुलिया । माओवादी केन्द्रको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को कैलारी गाउँपालिका स्तरीय सम्मेलन शनिबार हसुलियामा सम्पन्न भएको छ ।
फूलकुमारी चौधरीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए । यसैगरी, माओवादी केन्द्रका प्रदेश सदस्य लाजुराम चौधरी, माओवादी केन्द्रका जिल्ला कार्य सदस्य एवम् अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य विनिता चौधरी, अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सरु चौधरी विशिष्ट अतिथि रहेका थिए ।


सम्मेलनमा अनेम संघ क्रान्तिकारीका जिल्ला सचिव ममता चलाउने र नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनले सदस्यता वितरण र संगठन विस्तार गर्ने कार्यलाई तीव्र बनाउने निष्कर्ष निकालेको अनेम संघ क्रान्तिकारीका केन्द्रीय सदस्य उर्मिला चौधरीले जानकारी दिइन् ।


सम्मेलनले लक्ष्मी सत्गौंवाको अध्यक्षतामा ८१ सदस्यीय कैलारी गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा फूलकुमारी चौधरी, विष्णुदेवी चौधरी र सर्मिला विक चयन भएका छन् । यसैगरी, सचिवमा भागरथी चौधरी र कोषाध्यक्षमा लक्ष्मी चौधरी चयन भएका छन् ।
सम्मेलनमा अनेम संघ क्रान्तिकारीका पदाधिकारी, सदस्य, नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

62 Shares
Tweet
Share62
Share
Pin