७ बैशाख २०८१, शुक्रबार April 19, 2024

बाढीले भजनी–जोशीपुर सडक खण्ड अवरुद्ध, अधिकांश वडा डुबानमा

११ भाद्र २०७८, शुक्रबार
बाढीले भजनी–जोशीपुर सडक खण्ड अवरुद्ध, अधिकांश वडा डुबानमा

कैलाली । बिहीबार राति देखि चुरे क्षेत्रतिर भएको अविरल बर्षापछि कैलालीको विभिन्न क्षेत्र डुबानमा परेको छ ।
कैलालीको मोहना, कान्द्रा, पथरैया र काँढा नदिमा आएको बाढीले भजनी नगरपालिकाको अधिकांश वडा डुबानमा परेको छ । बाढीले वडा नम्बर २, ३, ५, ६ र ८ को अधिकांश घर डुबानमा परेको नम्बर २ का स्थानीय गंगा डगौराले बताए । त्यस्तै बाढीले भजनी–जोशीपुर सडक खण्ड अवरुद्ध भएको छ । बाढीले अवरुद्ध भएको सडक खण्डमा ट्याक्टरले मोटरसाइकल र पैदल यात्रुलाई ओसारी रहेको उनले बताए ।