२ बैशाख २०८१, आईतवार April 14, 2024

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न निर्देशन

२१ श्रावण २०७८, बिहीबार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न निर्देशन

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् ।
मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए ।