२१ मंसिर २०७९, बुधबार December 7, 2022

भदौ ६ र ७ गते सार्वजनिक बिदा

४ भाद्र २०७८, शुक्रबार
भदौ ६ र ७ गते सार्वजनिक बिदा

काठमाडौँ,४ भदौ । सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।
सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड अपनाएर सांकेतिक रुपमा मनाउन पनि आग्रह गरे । भदौ ६ गते आइतबार जनैपूर्णिमा पनि बिदा रहेको छ ।