२ असार २०८१, शनिबार June 15, 2024

नागरिक उन्मुक्ति पार्टीको कमिटी गठन तीब्र

१४ भाद्र २०७९, मंगलवार
नागरिक उन्मुक्ति पार्टीको कमिटी गठन तीब्र

सागर कुस्मी
धनगढी । नागरिक उन्मुक्ति पार्टीले आफ्नो कमिटी गठन विस्तारमा तीब्र रुपमा लागेको छ ।

जिल्ला कैलालीको क्षेत्र नम्बर ३ कैलारी गाँउपालिका वडा नम्बर ५ बर्का पलिया गाँउमा टोल संयोजक अनिता चौधरीको संयोजकत्वमा ३१ सदस्य टोल समिति गठन गरेको छ । यसैगरी, कैलारीको वडा नम्बर ३ खोनपुर गाउँमा संयोजक रामकिशन चौधरीको संयोजकत्वमा २१ सदस्य टोल समिति गठन भएको छ ।

कमिति गठनकै विस्तारमा वडा नम्बर ३ लालपुर गाउँमा पनि संयोजक सीता देवी चौधरीको संयोजकत्वमा २३ सदस्य टोल समिति गठन भएको छ । यसै वडामा सुर्मीनाला बजारमा संयोजक अनिता देवी चौधरीको संयोजत्वकमा टोल समिति गठन पनि भएको आयोजकले जनाएको छ ।

पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य गंगा चौधरी, जहुर अली, चन्द्र चौधरी, दुखीराम कठरीया, सन्तोष काठरिया, प्रदेश सदस्य भीष्म चौधरी, कैलारी गापा का संयोजक मिश्री कठरिया, गापा का सचिव मनोज चौधरी लगायत कार्यक्रममा सहभागी भएका थिए ।