६ फाल्गुन २०८२, बुधबार February 18, 2026

कला संस्कृति संरक्षणमा विशेष प्राथमिकता

२ भाद्र २०७९, बिहीबार
कला संस्कृति संरक्षणमा विशेष प्राथमिकता

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले सुदूरपश्चिम प्रदेशका सबै कला संस्कृति, र ऐतिहासिक पर्वहरुको संरक्षण र विकासलाई आफूले बिशेष प्राथमिकतामा राखेकाले उपलब्धीमूलक हुने बताएका छन् । ओल्के पर्बको अवसरमा हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशद्वारा संयुक्त रुपमा आयोजित विविध साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रममा राज्यमन्त्री रैकाले उक्त कुरा बताएका हुन् ।


उनले ओल्के पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व भएको बताउदै यस्ता पर्वहरुले आपसी मित्रता र सद्भावलाई थप प्रगाढ बनाउने बताए ।
गोदावरी नगरपालिकाको वडा न.७ लालपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रदेशका अध्यक्ष पदमबहादुर धामीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका रहेका थिए ।


कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) , गोदावरी नगरपालिका वडा न.७ का अध्यक्ष कलावती साउँद, समाजसेवी खडक ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कलाकारहरुले कार्यक्रममा आ–आफ्नो प्रस्तुति गर्नुका साथै डेउडा खेलेका थिए ।