धनगढी, २० साउन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २८ जना कोरोनाको संक्रमण देखिएको छ ।
बुधबार अस्पतालको प्रयोगशालामा १११ जनाको नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ४ जना भर्ना भएका छन् । हाल अस्पतालमा २२ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ६ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ ।