७ बैशाख २०८१, शुक्रबार April 19, 2024

कैलारीका बिपन्न तथा सिमान्तकृत परिवारलाई आर्थिक सशक्तिकरण तालिम

१ भाद्र २०७८, मंगलवार
कैलारीका बिपन्न तथा सिमान्तकृत परिवारलाई आर्थिक सशक्तिकरण तालिम

कैलाली। कैलारी गाउँपालिकाका बिपन्न, सिमान्तकृत तथा द्वन्द्व पीडित परिवारका पुरुष तथा महिलालाई लैंगिक र आर्थिक सशक्तिकरण सम्बन्धि तालिम दिइएको छ ।
बिपन्न, सिमान्तकृत तथा द्वन्द्व पीडित परिवार केन्द्रित अवधारणा अन्तर्गत सामाजिक तथा लैंगिक सशक्तिकरण सम्बन्धि १० हप्ते र आर्थिक सशक्तिकरण सम्बन्धि ५ हप्ताको तालिम दिइएको हो । महिला कानुन र विकास मञ्चको आयोजना तथा इण्टरनेशनल अलर्ट र टि.पि.ओ. नेपालको सहकार्यमा तालिम भएको हो । तालिममा कैलाारी गाउँपालिका वडा नम्बर ५ मा टि.जे जिल्ला सञ्जालका १० परिवारका ३० जना पुरुष तथा महिलालाई तालिम दिइएको हो । सोमबार एक कार्यक्रम बिच तालिमको समापन गरिएको छ ।


समापन कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बिष्णु प्रसाद चौधरीले तालिमबाट केही हदसम्म तालिममा सहभागीलाई आर्थिक सशक्तिकरण गर्ने बताए । यसका साथै उनले तालिमले आधारभूत आवश्यकता परिपूर्ति गर्न र व्यवसायीमुखी बनाउन पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा महिला कानुन विकास मञ्चका कार्यक्रम संयोजक अधिवक्ता दिपेश श्रेष्ठले तालिमबाट द्वन्द प्रभावित परिवारका महिलालाई आर्थिक आय आर्जनमा सहयोग हुनुका साथै केही गर्न सक्ने क्षमताको विकास पनि हुने बताए ।
मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले द्वन्द्व पीडित महिलाहरुको सम्मानपूर्वक जीवन यापनका साथै द्वन्द्व पीडित परिवारका महिलालाई व्यवसायिक हुन सहयोग पु¥याउने उद्देश्य अनुरुप गरिरहेको पेशामा सहयोग गर्ने बताए । मञ्चले नयाँ पेशा गर्नेहरुका लागि पहिलो चरणमा २५ हजार हजारको सामग्री समेत उपलब्ध गर्ने जनाएको छ ।
समापन कार्यक्रम पछि स्थानीय निकायका सरोकारवाला संग द्वन्द्व पीडितहरुको आवश्यकता सम्बोधन गर्न स्थानीय सरोकारवालाहरुको भूमिका बिषयका बारेमा संवाद कार्यक्रम पनि गरिएको थियो । कार्यक्रमको उद्देश्य बारेमा अधिवक्ता सविन श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष बिष्णु प्रसाद चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख बाल कुमारी चौधरी, हसुलिया प्रहरी चौकीका प्रमुख, स्वास्थ चौकी प्रमुख लगायतको उपस्थिती रहेको थियो ।


सोही कार्यक्रममा वडा अध्यक्ष चौधरीलाई प्रशंसा पत्रले सम्मान गरिएको छ । वडा अध्यक्ष चौधरीले पु¥याएको सहयोगका लागि महिला कानुन र विकास मञ्चले प्रशंसा पत्र सहित सम्मान गरेको हो ।
टिजे जिल्ला सञ्जालका सदस्य लहिया देवी चौधरीको अध्यक्षतामा कार्यक्रमम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महिला कानून र विकास मञ्चकी जिल्ला संयोजक रेणु प्रधान श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा तालिमका सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।