१६ बैशाख २०८३, बुधबार April 29, 2026

धनगढीको एक्सिस विद्याश्रमलाई सिङ्गापुरमा बेस्ट स्कुल अवार्ड

४ श्रावण २०८०, बिहीबार
धनगढीको एक्सिस विद्याश्रमलाई सिङ्गापुरमा बेस्ट स्कुल अवार्ड

धनगढी। धनगढी ५ हसनपुरमा रहेको एक्सिस विद्याश्रम सिंगापुरमा बेष्ट स्कुल अवार्ड २०२३ बाट सम्मानित भएको छ। एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको संयोजनमा सिङ्गापुरमा सम्पन्न कार्यक्रममा एक्सिस विद्याश्रमलाई बेष्ट स्कुल प्रदान गरिएको हो ।
सिंगापुरमा आयोजित एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३ मा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना स्कुल सञ्चालक तथा स्कुलहरुलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल अनिता पन्तलाई बेष्ट स्कुल अवार्डद्धारा प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा एक्सिस विद्याश्रमकी प्रिन्सिपल पन्त, कैलाली मोडेल माविका प्रधानाध्यापक तपेन्द्र सिंह, मालिका ईंग्लिश स्कुलका प्रिन्सिपल सिबी चन्दसहित धनगढीका तीन जना विद्यालय सञ्चालक तथा प्रिन्सिपल सम्मानित भएका थिए । सिङ्गापुरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि रहेका लिंकन युनिभर्सिटीका प्रो चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न स्कुल, कलेज, तथा स्कुल सन्चालक तथा प्रिन्सिपलहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरेको हो ।