२ बैशाख २०८१, आईतवार April 14, 2024

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

२९ असार २०७९, बुधबार
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नं ९ शंकरपुरमा मंगलबार राती साढे नौ बजेतिर सु.प.प्र.०१–००९ प.७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा से.७ प.११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा सवार कैलारी गाउँपालिका वडा नम्बर ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।
दुर्घटनामा सु.प.प्र.०१–००९ प.७८९१ नम्बर मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नम्ब्र ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ ।