११ माघ २०८१, शुक्रबार January 24, 2025

पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

२० असार २०७९, सोमबार
पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ ।
सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।