२० जेष्ठ २०८३, बुधबार June 3, 2026

थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक

२० जेष्ठ २०८३, बुधबार
थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक

धनगढी, २० जेठ । सुलभ फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक भएको छ ।
बुधबार धनगढीमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


म्युजिक भिडियोलाई सार्वजनिक गर्दै उनले थारु लोक कला संस्कृति संरक्षण गर्न सबै कलाकार एकजुट हुन आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा थाकसका केन्द्रीय पार्षद माधव थारुले थारु लोक कला संस्कृति संरक्षण देखि लिएर थारुहरुको हक अधिकार, सामाजिक मुद्धा लगायत विषयबस्तु समेटिएका म्युजिक भिडियो पनि निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताएका थिए ।


नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा म्युजिक भिडियोलाई व्यवसायीक रुपमा अगाडी बढाउन जोड दिएका थिए । कार्यक्रममा शिखर मिडिया प्रालिका राजकुमार जोशी, जिभि मोबाइल पोइन्टका गोविन्द मुखिया, निर्देशक चन्द्र चौधरी चाँद लगायत मन्तब्य राखेका थिए ।
कार्यक्रममा म्युजिक भिडियोका गीतकार हिरालाल थारु म्युजिक भिडियोमा सामाजिक घटना तथा विषय वस्तुलाई देखाउन खोजिएको बताए ।

जिभि मोवाइल प्वाइन्ट र माया फेन्सी स्टोर धनगढीको सहयोग रहेको म्युजिक भिडियो सुलभ् फिल्मस् प्रालिको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ । आर्दश महतोको निर्देशनमा बनेको म्युजिक भिडियोमा विनर चौधरी र मेनुका रौराको मुख्य भूमिका रहेको छ । गीतमा समीक्षा चौधरी र हिरालाल थारुले स्वर दिएका छन् भने म्युजिक कम्पोजर बिजय चौधरीको रहेको छ ।
म्युजिक भिडियोको छायांकन र एडिटिङ दया शंकर चौधरीको रहेको छ भने असिस्टेन्ट क्यामेरा पर्सनमा यश कुश्मी, मेकअपमा जुना दहित रहेका छन् ।
शुलभ फिल्मस् प्रालिका दया शंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल कुश्मीले गरेका थिए ।