१३ बैशाख २०८२, शनिबार April 26, 2025

कैलालीमा बरघर गुरुवा पर्यटन प्रवद्र्धन सम्मेलन

१५ असार २०८०, शुक्रबार
कैलालीमा बरघर गुरुवा पर्यटन प्रवद्र्धन सम्मेलन

धनगढी। कैलाली जिल्लाको कैलारी गाउँपालिकास्थित हसुलियामा बरघर गुरुवा पर्यटन प्रवद्र्धन सम्मेलन भएको छ ।
उद्योग पर्यटन वन वातावरण मन्त्रालय प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको आयोजना सम्मेलन भएको हो । सम्मेलनका प्रमुख अतिथी उद्योग पर्यटन वन वातावरण मन्त्री रमेश धामी पहिचानको रुपमा रहेको थारु समुदाय आफ्नो पहिरन लगाउन छाडेको बताए । उनले भने–‘थारु समुदायको पहिचान बरघर, गुरुवा, परम्परागत पहिरन, भाषा, संस्कृति हो । तर थारु समुदाय आफ्नो परम्परागत पहिरन लगाउन छाडेका छन्, थारु भाषा बोल्न छाडेका छन्, र अन्य समुदायको संस्कृति अंगाल्न थालेका छन् ।’
थारु समुदायबाट आफू धेरै सहयोग पाएको बताउँदै उनले आफू प्रदेश सरकारमा बरघर, गुरुवा प्रथालाई लिपिबद्ध गर्दै कानूनी मान्यता दिलाउन प्रतिबद्धता जनाए ।


संविधान सभा सदस्य तथा पूर्व प्रदेशसभा सदस्य विरमान चौधरी बरघर, गुरुवा प्रथालाई कानूनी मान्यता दिनका लागि संविधानको मुल कानूनमा समावेश गराउनु पर्नेमा जोड दिएका थिए ।
कैलारी गाउँपालिकाका पूर्व अध्यक्ष लाजुराम चौधरी बरघर गुरुवा थारु समुदायको पहिचान रहेको बताए । उनले भने–‘पहिला अस्पताल, स्वास्थ्य चौकी केही पनि थिएन । बालबच्चा जन्माउन सोरहनिया, गुरुवाहरुको सहयोग लिनु पथ्र्यो ।’
गाउँघरमा कुनै विवाद हुँदा जनअदालतको अगुवा थारु समुदायमा रहेको बरघरहरुले समस्या सुल्झाउने गर्थे । जुन अहिले पनि प्रचलनमा रहेको छ । बरघरहरु जानअन्जानमा देवानी र फौजदारी मुद्दा गाउँघरमा मिलाएकै कारण जेल जानु पर्ने तारेख बोक्नु परेको बताए ।
उद्योग पर्यटन वन वातावरण मन्त्रालय प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाई धनगढीका प्रमुख कालीराम चौधरी कैलाली कञ्चनपुरमा बसोबास गर्दै आएका थारु, रानाथारु समुदायका बरघर, गुरुवा, सोरहनिया प्रथालाई प्रवद्र्धनका लागि सहयोग गरेको बताए ।
त्यसैगरि थारु कल्यााण करिणी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरी, कञ्चनपुरका सभापति सानु चौधरी, कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धोजहरिपाल बोहरा, थारु विद्यार्थी समाजका जिल्ला अध्यक्ष आशिष चौधरी, भल्मन्सा जिल्ला संयोजक विलारु चौधरी, गुरुवा समितिका संयोजक रामप्रसाद चौधरीलगायत बरघर गुरुवा, सोरहनीया प्रथालाई कानूनी मन्यता दिनु पर्ने जोड दिएका थिए ।
कार्यक्रम फोनिज सुदूरपश्चिम प्रदेशका अध्यक्ष रामलखन चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन महासंघका महासचिव उन्नती चौधरीले गरेकी थिइनु भने स्वागत मन्तव्य सचिव दिनेश दहितले गरेका थिए ।