२४ कार्तिक २०८१, शनिबार November 9, 2024

कैलारी गाउँपालिकाको आ.व. २०७९/०८० गाउँसभा अधिवेशन (बर्षे बजेट अधिवेशन सुरु)

८ असार २०८०, शुक्रबार
कैलारी गाउँपालिकाको आ.व. २०७९/०८० गाउँसभा अधिवेशन (बर्षे बजेट अधिवेशन सुरु)

हसुलिया । कैलारी गाउँपालिकाको आ.व. २०७९/०८० गाउँसभा अधिवेशन (बर्षे बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उहाँले आर्थिक बर्ष २०८०/०८१ सालको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यसैगरी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी २०८०/०८१ सालको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।


गाउँपालिका बाट पेश भएको आर्थिक बर्ष २०८०/०८१ सालको नीति तथा कार्यक्रम र २०८०/०८१ सालको बजेट तथा कार्यक्रम यस्तो रहेको छ ।

कैलारी गाउँपालिकाका अध्यक्ष ज्यूबाट प्रसतुत २०८०/०८१ को नीति तथा कार्यक्रम

बिकेन्द्रित, समावेशी तथा जनमुखी विकास र सुशासन हाम्रो प्रतिवद्धता ।।।
कैलारी रुपान्तरणका लागि समन्वय, सहकार्य तथा नागरीक सहभागिता ।।।

    यस गरिमामय सभाका सभा अध्यक्षज्यू, तथा साभाका सदस्यज्यूहरु,

१. सर्वप्रथम यस गरिमामय सभामा देशका विभिन्न कालखण्डमा भएका राजनितिक, सामाजिक अन्य आमूल परिर्वतनका लागि आफ्नो प्राण उत्र्सग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु ।

२. स्थानीय तहको निर्वाचन २०७९ निर्वाचन पश्चातको एक बर्षको समिक्षाले हामीलाई सिकाई प्रदान गर्नुका साथै आगामी दिशा निर्देशनका लागि अनुभवलाई संस्थागत गर्ने बर्षका रुपमा रहेको समेत जानकारी गराउन चाहन्छु ।

३. कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सर्वप्रथम आर्थिक बर्ष २०७९/८० मा भएका केही महत्वपूर्ण क्रियाकलापका बारेमा यस सम्मानित सभामा अवगत गराउन चाहन्छु ।
– १५ सैयाको अस्पताल निर्माणाधिन
– कैलारी गाउँपालिका वडा नं. १ वडा कार्यालयको भवन निर्माणाधिन
– कैलारी २ बसौटी स्वास्थ्य चौकीको भवन निर्माणाधिन
– सडक स्तरोउन्नती, सडक ग्राभेलका साथै नयाँ सडकको निर्माण
– २ वटा झो.पुको निर्माण सम्पन्न
– कल्र्भट निर्माण तथा ह्यूमपाईप जडान
– बिद्यालयका अधुरा भवनहरुको निर्माण तथा मर्मत
– कृषि विकास अन्र्तगत पेकेटका साथै अन्य कार्यक्रम सँचालन
– सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै वितरणको शुरुवात
– ऐन, नियम, निर्देशिका तथा कार्यबिधिको निर्माण
– रक्तसँचार केन्द्र (रेडक्रस) धनगढीसँगको सहकार्यमा कैलारीबासीलाई निःशुल्क रगतको उपलब्धता
– गम्भीर प्रकृतीका गर्भवती, सुतकेरीलाई निःशुल्क जिल्ला भरी एम्बुलेन्स सेवा
– विपतपुर आगलागी पिडितको पुर्नस्थापनार्थ समन्वय तथा सहकार्य
– भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरुवात
– गर्भवती सुत्केरी पोषण कार्यक्रम तथा जन्मदर्ता प्रोत्साहन कार्यक्रम
– देशमा देखा परेको आर्थिक मन्दिले कैलारी गा.पा.का नीति तथा कार्यक्रमहरु प्रभावित

४. कैलारी गाउँपालिकाको समग्र विकासका साथै जनगुनासाहरुको सम्बोधनका लागि गाउँपालिकामा उपलब्ध श्रोत साधनले परिपुर्ति गर्न सम्भव नहुने हुदाँ सोका लागि विभन्न निकायसँगको समन्वय तथा सहकार्यमा जोड दिनुका साथै सरोकारवाला सहितको सहमती र सहकार्यलाई अँगिकार गरिनेछ

५.कैलारी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको तयारी विगतमा भए÷गरेका असल अभ्यासहरुलाई संस्थागत गर्दै, कमजोरीहरुलाई न्यूनीकरण गर्नुका साथै समावेशीताको सिद्धान्तका आधारमा पूर्णपारदर्शि रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

६. कैलारी गाउँपालिकाको साझा सवालहरुको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशिल राजनितिक दल, नागरीक समाज, बुद्धिजिवी, भलमन्सा लगायतका सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।

७. भूमिहिन सुकुम्बासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका राष्ट्रिय भूमिआयोग तथा अन्य सरोकारवालासँगको समन्वय गरिनेछ ।

८. कैलारी गाउँपालिकाका नागरिकको विकास प्रतिको तीव्र भावना र समृद्ध कैलारी गाउँपालिकाको आधार स्वरोजगार एवं पूर्वाधार र नागरीकलाई गुणस्तरीय सेवा प्रवाहका आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

९. समृद्ध कैलारी गाउँपालिकाको विकासका आधार, स्वरोजगार एवं पूर्वाधार र विकास प्रतिको आकाँक्षालाई पूरा गर्न शिक्षा, स्वास्थ्य, भौतिक विकास, मानव संसाधनको विकास तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई संस्थागत गर्न बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

१०. कैलारी गाउँपालिकाका बाढीपिडितको स्थायी तथा दिर्घकालिन व्यवस्थापनका लागि नेपाल सरकार लगायतका सम्बन्धित निकायसँग समन्वय तथा सहकार्य गरिनेछ ।

११. रक्तसँचार केन्द्र (रेडक्रस) धनगढीसँगको सहकार्यमा कैलारीबासीलाई निःशुल्क रगतको उपलब्धता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

१२. गाउँपालिकाको श्रोत तथा साधनले सम्पन्न गर्न नसकिने योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकारका निकायसँग समन्वय सहकार्य गरिन्छ ।

१३. मित्तव्ययीताको सिद्धान्तलाई सँस्थागत गर्दै समन्वय सहकार्यको अभिबृद्धि र दोहरोपना न्यूनीकरणका लागि विकास साझेदार सँग समन्वयात्मक रुपमा लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

१४. गाउँपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन सेवा केन्द्र स्थापना गरी पशु तथा कृषि सेवाका कार्यक्रम कार्यान्वयन गरिनेछ ।

सभाका सभा अध्यक्षज्यू,

अव म, यस सम्मानीत सभामा आर्थिक बर्ष २०८०/०८१ का बिषयगत क्षेत्रका नीतिहरु प्रस्तुत गर्न चाहन्छु ।

१) पूर्वाधार विकासमा :

क) सडक :

– कैलारी गाउँपालिका सडकहरुलाई पूर्ण ग्राभेल युक्त गरिनुका साथै सडकको स्तरोन्नती गरिनेछ

– सुर्मिनाला—लौसा—बढैपुर सडक कालोपत्रे तत्काल लागि संघीय सरकारसँग समन्वय गरिनेछ ।

– कटैनी नदीमा पक्कीपुल निमार्णका लागि सँघीय सरकारसँग समन्वय गरिनेछ ।

– मोहनापारीका वस्तीहरुलाई लक्षित गरी झोलुगे पुलको निमार्णका आवश्यक पहल गरिनेछ ।

– सडक गुरु योजना अध्यावधिक गरीनुका साथै नाली निमार्णका कार्यक्रम कार्यान्वयन गरिनेछन

– सडकको निमार्ण कार्यमा गुणस्तर कायम राख्न निमार्ण सामाग्रीको परिक्षण कार्यलाई लागु तथा संस्थागत गरिनेछ ।

– सडकको मर्मतका लागि मर्मत संम्भार कोषमा रकम विनियोजन गरी नियमित रुपमा सडकको मर्मत सम्भार गर्ने नीतिको अवलम्वन गरिनेछ ।

– पूर्वाधारका संरचनाहरु विपद एवं जलवायु परिवर्तनको प्रभाव कम हुने गरी डिजाइन गर्ने नीतिको अवलम्बन गरिनेछ ।

– योजनाहरुको छनौट, प्राथमिकिकरण सामाजिक न्याय तथा समावेशीताका आधार योजना प्राथमिकता दिने प्रकृयालाई निरन्तरता दिईनेछ ।

– पूर्वाधार विकासका कार्यक्रमहरु संचालन गर्दा रोजगारी अभिबृद्धि तथा स्वरोजगार श्रृजना हुने कार्यक्रमहरु संचालन गर्नका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– झो.पु. तथा कैलारी गाउँपालिकाको स्वामित्वमा रहेका भवनहरुको नियमित मर्मत सम्भार गरिनेछ ।

– समग्र कैलारी गाउँपालिकाको विकासका लागि गुरु योजनाको निमार्ण तथा आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ

– नदी नियन्त्रणका लागि सवै नदीहरुको विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तयार गरिनेछ ।

– कोईलही ताल पर्यटकीय क्षेत्रलाई धनगढी उ.मा.न.पा. सँग जोडन घुराहा र घुरही नदीमा मोटेरवल पुल निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल तथा समन्वय गरिनेछ ।

ख) बिद्युत तथा वैकल्पिक उर्जा :

– बिद्युत सेवाको खपतलाई न्यूनतम गर्न तथा गृहणीहरुका लागि वैकल्पिक उर्जा तथा सुधारिएको चुल्होका कार्यक्रमहरु संचालन गरिनेछन ।

– बिद्युत सेवाको प्रभावकारी उपयोगका लागि ईन्डक्सन चुल्हो वितरणका कार्यक्रम सँचालन गरिनेछ ।

– उज्यालो कैलारी गाउँपालिका अन्र्तगत कैलारीका मुख्य बजारमा सडक बत्ती जडानका लागि समन्वय गरिनेछ ।

ग) भवन :

– गाउँपालिकाको प्रशासनिक भवन, बिद्यालयका भवन तथा स्वास्थ्य सँस्थाहरुका भवन निमार्णका आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।

– अधुरा तथा क्रमागत रुपमा निमार्ण गर्न बाँकी रहेका भवनहरुको निमार्ण गरिनेछ ।

– भवन लगायत भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री (पहुँच युक्त) र भू–कम्प प्रतिरोधात्मक तरिकाले निर्माण गर्ने नीतिको अवलम्बलन गरिनेछ ।

– गाउँपालिका भित्र गाउँघर क्लिनिक तथा सामुदायिक भवनहरुको निमार्ण कार्यलाई प्राथमिकता दिने तथा बहुउद्धेशीय अवधारणा अनुरुप सामुदायिक भवनको निमार्ण कार्य गरिनेछ ।

– भवनहरुको निमार्ण गर्दा भवन संहिता लागु गरिनेछ ।

– सामुदायिक तथा सुरक्षित भवनको निमार्ण कार्यलाई प्रभावकारीताका साथै कार्यान्वयन गरिनेछ ।

२) आर्थिक विकासमा :

क) कृषि विकासमा :

– कृषि विकासका लागि दिर्घकालिन, मध्यकालिन, अल्पकालिन तथा क्षेत्रगत योजनाको निमार्ण, कृषिमा यान्त्रीकिरण, सौर्य सिचाई तथा कृषि मिटरको व्यवस्थालाई निरन्तरता दिईनेछ ।

– मूल तथा उन्नत बिउ उत्पादन र वितरण, जैविक तथा रसायानिक मलको सहज उपलब्धताका लागि समन्वय गरिनेछ ।

– गुर्गी बाँधको निमार्णका लागि बिशेष पहल गरिनुका साथै सिचाई सुबिधाको विस्तारका लागि डिप बोरिङ्ख जडान गरिनेछन ।

– कृषि उपजको बजारीकरणका लागि कृषिउपज सँकलन केन्द्र तथा हाटबजार सँचालनका समन्वय गरिनेछ ।

– बाली विमा कार्यक्रम सँचालनका लागि आवश्यक समन्वय तथा सहकार्य गरी प्रभावकारीताका साथ लागु गरिनेछ ।

– कृषिको उत्पादकत्व अभिबृद्धिका लागि माटो परिक्षण तथा माटोको अम्लियपना(वनावट) कायम राख्नका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– जैविक तटबन्धनको रुपमा उखु खेती तथा बाँस खेतीको विस्तार तथा बगरखेती जस्ता कार्यक्रमलाई प्राथमिकता लागु गरिनेछ ।

– जैविक खेती प्रणालीको प्रोत्साहन, तथा कम्पोष्ट मलको उत्पादनमा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछन ।

– कृषि उत्पादनमा अभिबृद्धि गर्न एक वडा एक उत्पादन पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता गरिनेछ ।

– कृषकका मागमा कृषिमा आधारित लघु उद्यम कार्यक्रम संचालन गर्ने नीति अनुरुपका बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– मौसमी तथा बेमौसमी खेतीको प्रवद्र्धन र टनेल खेती गर्न कृषकलाई सौर्य सिचाईको व्यवस्था गरिनेछ ।

– कृषि प्राबिधिक तथा कृषकहरुको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।

– कृषि विकास तथा पशु सेवा विकासका अनुदान कार्यक्रमहरु संचालन गर्नका लागि कृषि विकास कोषको स्थापना गरिनेछ ।

– कृषि विकासका कार्यक्रम सँचालनका लागि विभिन्न विकास साझेदारसँग समन्वय गरिनेछ ।

(ख) पशु पंक्षी विकास :

– पशुपालनलाई व्यवसायीकरण गर्न पशुपालन पकेट क्षेत्र कार्यक्रम, पशु नस्ल सुधार कार्यक्रम तथा पशु पंक्षि विकास कार्यक्रम लागु गर्न कार्यक्रम तर्जुमा गरिनेछ ।

– कृतिम गर्भाधारण कार्यक्रम, पशुविमा कार्यक्रमका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।

– माछापालनलाई व्यवसायीकरण गरी अधिकतम उत्पादन तथा बजारीकरण नीतिका अवलम्बन गरिने छ ।

– पशु विमाका कार्यक्रम सँचालन गर्नका लागि समन्वय तथा सहकार्य गरिनेछ ।

– कृषकहरुलाई सुलभ रुपमा सेवा प्रदान गर्नका लागि वडा स्तरमा सेवा केन्द्रको स्थापना गरिनेछ ।

– छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापन तथा गोठ सुधारका कार्यक्रमहरु संचालन गरिनेछन ।

– बंगुर, हाँस, कुखुरा तथा बाख्रा विकासका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– पशु खोप तथा पशु स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरिनेछन ।

– विपन्न तथा सिमान्तकृत घरपरिवारलाई लक्षित गरी पशुपालन सम्बन्धि अनुदानका कार्यक्रमहरु संचालन गरिनेछ ।

(ग) सहकारीता तथा उद्यम विकास :

– सहकारीको क्षमता विकासका कार्यक्रम सँचालन गर्नुका साथै सहकारीसँगको समन्वय तथा सहकार्यमा कृषि विकासका कार्यक्रम सँचालन गरिनेछन ।

– सहकारीता क्षेत्रको विकास, विस्तार ,प्रवद्र्धन र प्रोत्साहनमा जोड दिने कार्यक्रमहरु संचालन गरिने छ ।

– उद्योग स्थापनाका लागि दिर्घकालिन योजना निमार्ण गरी उद्योगमैत्री वातावरणको श्रृजना सम्भाव्यता अध्ययन तथा सहकार्यमा कार्यक्रम संचालन गरिने छन ।

– सहकारीताका माध्यमबाट लघु तथा उद्यम श्रृजनाका कार्यक्रमहरु संचालन गरिनेछन

– सहकारीका कार्यलाई जनमैत्री बनाउनका लागि आवश्यक बिधि तथा नीतिको निर्माण गरिनेछ ।

(घ) आयआर्जन तथा सीप विकास :

– आयआर्जनका कार्यक्रमहरुको कार्यान्वयनका लागि स्थानीय श्रोत, साधन र सीपको अभिलेखीकरण गरिनेछ ।

– स्थानीय श्रोत, सीप प्रविधिको सँरक्षण, सम्वद्र्धन तथा प्रयोग गरी आयआर्जनका कार्यक्रम सँचालन गरिनेछन ।

– विपन्न, सिमान्तकृत तथा अल्पसँख्यकलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सँचालन गरिनेछन ।

– लक्षित वर्गका आयआर्जन तथा स्वरोजगारीका लागि क्षमता विकास तथा रोजगारीका कार्यक्रमहरु संचालन गरिनेछन ।

– विभिन्न सरकारी, गैह्र सरकारी,निजी क्षेत्रको समन्वयमा सीप विकास तथा आयआर्जनका कार्यक्रम संचालन प्रकृयालाई अझै समन्वयात्मक गरिनेछ ।

– आयआर्जन तथा सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाईनेछ र सोका लागि विभिन्न विकास साझेदारसँगको सहकार्यमा प्याँकेजमा कार्यक्रम कार्यान्वयन गरिनेछ

(ङ) युवा परिचालन तथा स्वरोजगार कार्यक्रम :

– युवाहरुलाई स्वरोजगार बनाउनका लागि युवा लक्षित कार्यक्रमको तर्जुमा गरिनेछ ।

– स्थानीय विकास निमार्णका कार्यहरुमा युवालाई परिचालन गरिनेछ ।

– युवाहरुको क्षमता, तथा व्यक्तित्व विकासका साथै लोक सेवा प्रशिक्षणका कक्षा संचालन गरिनेछन ।

– प्रधामन्त्री स्वरोजगार कार्यक्रमलाई बेरोजागर युवा लक्षित गरी संचालन गरिनेछ ।

– युवाहरुका लागि उद्यमी तथा विकास कार्यक्रमहरु संचालन गरिनेछन ।

– युवा लक्षित सीप तथा दक्षता विकासका कार्यक्रम सँचालन गरिनेछ ।

(च) पर्यटन विकास :

– कैलारी गाउँपालिका पर्यटकीय क्षेत्रको परिचय सहितको पर्यटन पाश्वचित्र निमार्ण गरिनेछ ।

– पर्यटन गुरुयोजनाको निमार्ण गरी पर्यटन प्रवद्र्धन तथा पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।

– प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरुको उचित संरक्षण सम्बर्धनका कार्यक्रम संचालन गरिनेछन ।

– ताल तलैयाको एकिकृत अभिलेख एवं होमस्टेको प्रवद्र्धनका लागि बिशेष कार्यक्रम संचालन गरिनेछन ।

– स्थानीय समुदयको कला संस्कृतीहरुको संरक्षण, सम्वद्र्धनका कार्यक्रम संचालन गरिनेछन ।

– स्थानीय परम्परा तथा संस्कृतीको संरक्षण तथा प्रवद्र्धनका लागि संग्राहलयको स्थापना गरिनेछ ।

– पर्यटन विकास तथा प्रवद्र्धनका लागि सम्भावनाहरुको पहिचान आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

३)सामाजिक विकासमा :

क)लैगिंक समानता तथा सामाजिक सामावेशीकरण :

– पूर्ण विभेदमुक्त कार्यक्रमका मार्फत : समाजमा भएका असल प्रयासहरुलाई संस्थागत गर्ने तथा विसंगती तथा विकृती (छाउपडी, बोक्सी, जातीय छुवाछुत, लैगिंक विभेद, लागु औषधको प्रयोग जस्ता) को अन्त्यका लागि संचेतनाका कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिनेछ ।

– अपाङ्गता लगायतका सामाजिक तथा आर्थिक रुपमा पछाडि रहेका ब्यक्तिहरुको लागी लक्षित गरी उद्यमशिलता तथा स्वरोजगारका कार्यक्रमहरु संचालन गर्न जोड दिइनेछ

– अनाथ, असाहय तथा सँरक्षण विहिन बालबालिकाका लागि बिशेष कार्यक्रम समन्वयात्मक रुपमा सँचालन गरिनेछ ।

– बाल विकास तथा बाल सहभागिता अभिबृद्धिका लागि बिशेष कार्यक्रम सँचालन गरिनेछ ।

– यौनिक अल्पसंख्यक तथा अन्य अल्पसंख्यक समुदायको उत्थान, क्षमता विकास तथा शसक्तिकरणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– गाउँपालिकाले शहिद परिवारहरुको सम्मानका बिशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।

– लैगिक तथा घरेलु हिसाँ पिडितहरुका लागि सुरक्षित आवास गृह (सेफ हाउस) निमार्ण तथा संस्थागत रुपमा संचालनका लागि समन्वय तथा सहकार्य गरिनेछ ।

– लैंगिक हिँसा पिडित कोष स्थपाना तथा संस्थागत गर्नुका साथै कोषको संचालन तथा व्यवस्थापनका लागि सरोकारवाला सँग समन्वय तथा सहकार्य गरिनेछ ।

– सामाजिक समावेशीकरणका कार्यक्रम प्राथमिकताका आधारमा पारदर्शि रुपमा सँचालन गरिनेछन ।

– बालबालिकाको सर्वेत्तम हितलाई सँस्थागत गर्ने नीतिको अवलम्बलन गरिनेछ ।

– बालमैत्री स्थानीय शासन अवधारणालाई सँस्थागत गर्न विभिन्न निकायहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।

ड्ड जनमैत्री सेवा प्रवाहका लागि गाउँपालिका तथा वडा कार्यालयहरुमा स्तनपान कक्ष निर्माण गरिनेछ ।

ख) शिक्षा :

– शैेक्षिक विकास तथा गुणस्तरी शिक्षाका लागि कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पसको स्थापना गर्न पहल गरिनेछ ।

– बिद्यालहरुमा गुणस्तरीय शिक्षाका लागि पुस्तकाय तथा प्रयोगशालाको व्यवस्थापन गरिनेछ ।

– बिद्यालय भर्नादर शतप्रतिशत तथा बिद्यालय छोडने दर सुन्यमा झार्न हेप्पी स्कूलको अवधारणा कार्यान्वयन गरिनेछ ।

– स्थानीय मातृभाषाको पाठ्क्रमलाई सवै कक्षा सम्मका लागि तयार गरी लागु गरिनेछ

– शिक्षालाई स्वरोजगारमुखी बनाउन कैलारी गाउँपालिकामा प्राबिधिक तथा व्यवसायिक शिक्षाका कार्यक्रम सँचनलन गरिनेछन ।

– सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकको क्षमता विकास कार्यक्रम संचालन गरिनेछन ।

– बिद्यालय व्यवस्थापन समितिको बैठकलाई उपलब्धि र नतिजामूलक बनाउनका बिद्यालय व्यवस्थापन समितिको क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।

– विद्यालयहरुमा हुने शिक्षण गतिविधिको अनुगमन, निरीक्षण र मूल्याङ्कन नियमित र प्रभावकारी बनाउनका लागि अनुगमन संसयन्त्रको निमार्ण गरी जनशक्तिको व्यवस्थापन गरिनेछ ।

– विद्यालयहरुको कार्य सम्पादनको आधारमा मूल्याङ्कन गरी पुरस्कृत गरिनेछ ।

– शिक्षकहरुलाई पेशागत काममा बढी केन्द्रित हुनका लागि अभिप्रेरित हुने खालका कार्यक्रमहरु तर्जुमा गरिनेछन ।

– बालमैत्री सिकाईलाई संस्थागत गर्न आवश्यक कार्यक्रमको कार्यान्वयन गर्ने नीतिलाई अंगिकार गरिनेछ ।

– शैक्षिक गुणस्तरमा सुधारका लागि उत्तकृष्ट बिद्यार्थी, शिक्षक तथा बिद्यालयलाई प्रोत्साहनका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।

– गाउँपालिकाले संस्थागत बिद्यालयलाई समेत सामुदायिक बिद्यालय जस्तै अपनत्वको व्यहार गर्ने तथा संस्थागत विद्यालयका बिद्यार्थीहरुलाई समेत उत्प्रेरणा अभिबृद्धिका कार्यक्रम संचालन गर्नेछ ।

– बिद्यालय व्यवस्थापन समिति लगायतका समितिहरुमा बालबालिकाहरुलाई लक्षित गरी छलफलका कार्यक्रमहरु संचालन गरी शैक्षिक गुणस्तरको अभिबृद्धि गरिनेछ ।

– बाल विकास सहजकर्ता र कर्मचारीका साथै निजी श्रोतका शिक्षहरुको उचित सम्मान गर्दै शिक्षकहरुको व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

ग) स्वास्थ्य :

– कैलारी गाउँपालिकामा १५ सैयाको अस्पताल निमार्ण आ.व. २०८०/०८१ भित्र सम्पन्न गरिनेछ ।

– प्रस्तुती गृहहरुको स्तरोउन्नती गरिनुका साथै प्रजनन स्वास्थ्यका कार्यक्रम प्रभावकारी रुपमा सँचालन गरिनेछन ।

– स्वास्थ्य सेवामा गुणस्तरियता कायम गर्न प्राविधिक जनशक्तिको क्षमता विकासका साथै स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने तथा स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाईनेछ ।

– अति गरीव परिवारहरुलाई स्वास्थ्य सेवा बीमा गर्ने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि नीति, बजेट, कार्यक्रमको तर्जुमाका साथै सम्बन्धित सरोकारवालासँग समन्वय तथा सहकार्य गरिनेछ ।

– महिला स्वास्थ्य स्वमसेवकहरुको मनोवल उच्च हुने खालका प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गरिनेछन ।

– विपन्न तथा सिकलसेलका विरामीहरुको औषधी उपचारका लागि गाउँपालिकामा औषधी उपचार कोषको व्यवस्था गरीनुका साथै जनचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।

– दिर्घ रोगका बिरामीहरुको औषधी उपचारका लागि आवश्यक नीति, बजेट तर्जुमा तथा जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।

– विपन्न तथा सिमान्तकृत समुदायका लागि स्वास्थ्य हितलाई ध्यानमा राखी शुद्ध खानेपानी कार्यक्रमको तर्जुमा गरिनेछ ।

– महामारी तथा दैबिक प्रकोपबाट पिडितहरुको उपचार तथा राहतका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरी राहत तथा पुर्नस्थापना कोषको स्थापना गरी कार्यक्रम संचालन गरिनेछन ।

– लागु औषध तथा दुव्र्यसनमा रहेका वर्गको पुर्नस्थापना तथा मनोसामाजिक परामर्शका लागि परामर्श केन्द्र तथा परामर्श कर्ताको व्यवस्थापनका लागि बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– आयुर्वेद, पंचकर्म सेवा तथा आयुर्वेद चिकित्साको प्रचार प्रसार तथा जडीबुटी खेती प्रवद्र्धन तथा प्रसोधन, योग शिविर कार्यक्रम सँचालन गरिनेछ ।

– गाउँपालिकाकाले परिलक्षित गरेको अवधारणा अनुरुप पूर्ण सरसफाई युक्त गाउँपालिका बनाउनका लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– गाउँपालिकालाई पूर्ण सरसफाई युक्त बनाउनका लागि सार्वजनिक तथा पर्यटकीय क्षेत्रहरुमा सार्वजनिक सौचालयको व्यवस्थापन गरिनेछ ।

– स्वच्छ पानी स्वस्थ्य जिन्दगानीको अबधारणालाई संस्थागत गर्नका लागि कैलारी गाउँपालिकाका सवै क्षेत्रमा स्वस्थ्य स्वच्छ पानीको व्यवस्थापन र पानी जाँचका कार्यक्रमकोे तर्जुमा गरिनेछ ।

– मानसिक रोगीहरुको सम्मान तथा स्वास्थ्यमा सुधार ल्याउनका लागि बिबिध कार्यक्रमहरु तर्जुमा गर्ने तथा मानसिक रोगको न्यूनीकरणका लागि परामर्श सेवा केन्द्रको स्थापना गरिनेछ ।

– जिरो होम डेलीभरी तथा पूर्ण बृद्धि अनुगमनका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– बिद्यालय स्तरमा योग शिक्षाका कार्यक्रम संचालन गर्ने तथा जडीबुटी सम्बन्धि हाते पुस्तिकाको प्रकाशन गरी आयुर्वेद पद्धतीका प्रचार प्रसार गरिनेछ ।

– महामारी, सरुवा रोग तथा विभिन्न किसिमका रोग तथा प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– निमार्ण भएका खानेपानीका योजनाहरु सँचालन गर्नुका साथै सवैलाई शुद्ध खानेपानीका लागि आवश्यक समन्वय गरिनेछ ।

– ल्याब सेवा सँचालन नभएका वडाहरुमा ल्याव सेवा विस्तार गरिनेछ ।

– विपन्न तथा सीमान्तकृत समुदायका लागि सँचालित स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

घ)सामाजिक परिचालन :

– स्थानीय विकासका कार्यमा भलमन्सा, विभिन्न क्लव, समुह तथा नागरिक समाजलाई परिचालन गरिनेछ ।

– स्थानीय स्तरमा गठन भएका समुह, सञ्जाल तथा क्लवहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछन ।

– स्वयंसेवी भावना, अपनत्व, सहअस्तित्व, सहिष्णुता तथा समाजिक सदभाव अभिबृद्धिका कार्यक्रहरु संचालन गर्न बजेट , तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– विभिन्न सामाजिक अभियान तथा सामाजिक सदभाव कायम गर्ने कार्यक्रमका साथै बिकृती, कुप्रर्था तथा कुसस्कार न्यूनीकरणका लागि समाजिक अगुवा, धामी, गुरुवा तथा पण्डित पुरोहितको सहभागिता अभिबृद्धि हुने खालका कार्यक्रम संचालनका लागि बजेट, तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– विकास प्रकृयामा सवैको जागरुकता तथा संगठित रुपमा सहयोग गर्ने परिपाटीको विकासका लागि आवश्यक कार्यक्रमको तर्जुमा गरिनेछ ।

– स्थानीय समुदायमा अधिकार प्रति सचेत र कर्तव्य प्रति जागरुक हुने खालका कार्यक्रमहरु संचालन गर्न आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

ङ) युवा तथा खेलकुद :

– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका व्यक्तित्व निमार्णका बिशेष कार्यक्रम सँचालन गरिनेछन ।

– युवाहरुलाई लक्षित गरी व्यक्तित्व तथा क्षमता विकासका कार्यक्रम सँचालन गरिनेछन

– युवाहरुको शारिरीक तथा मानसिक विकासका लागि युवा लक्षित परामर्शका कार्यक्रम गरिनेछ ।

– एक वडा एक खेलमैदान स्तरोउन्नतीका कार्यक्रमहरु संचालन गरिनेछ ।

– युवाहरुको शारिरिक क्षमता विकासका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गरिनेछन ।

४) वनवातावरण तथा विपद व्यवस्थापनमा :

क) वन विकास तर्फ :

– वन तथा वन्यजन्य पशुपक्षी संरक्षणका कार्यक्रमहरु सँचालन गरिनेछन ।

– वन अतिक्रमण र वन विनाश नियन्त्रण गर्न बिशेष कार्यक्रमहरु संचालन गरिनेछ ।

– तालहरुको उचित संरक्षण, सम्र्बद्धन तथा व्यवस्थापनका आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– वनलाई आयमुखी बनाउनका लागि वन क्षेत्रभित्र हर्रो, बर्रो, अमला, निम जस्ता बहुउपयोगी वनस्पतिहरुको बृक्षा रोपण गर्नुका साथै स्थानीय उपभोक्ताहरुसँगको सहकार्यमा बेत, बाँस, बावियो जस्ता उच्चमूल्य श्रृखला भएका वन्यजन्य उत्पादनका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गरिनेछ ।

– बृक्षारोपणका कार्यक्रहरु संचालन गर्दा माटो परिक्षण गरी उपयुक्त जातको बृक्षारोपण गर्ने कार्यक्रमको तर्जुमा गरिनेछ ।

– रोपिएका बोटविरुवाको संरक्षणका लागि आवश्यक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– गाउँपालिकामा रहेका तालतलैयाहरुबाट आय अभिबृद्धिका लागि सम्बन्धित सरोकारवालासँग समन्वय गरिनेछ ।

ख) पर्यटन विकासमा :

– गाउँपालिकामा रहेको बसन्ता अन्तराष्ट्रिय जैविक मार्ग लगायतका अन्य क्षेत्रहरुको प्रवद्र्धन तथा संरक्षणका लागि बिशेष कार्यक्रम सँचालन गरिनेछन ।

– ताल तलैयाको एकिकृत अभिलेखीकरण, ताल क्षेत्रमा पर्यटकीय गतिबिधिका कार्यक्रमहरुलाई प्रवद्र्धन गर्नका लागि बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।

– तालतलैयाहरुको संरक्षण सम्बद्र्धनका लागि तालतलैयाहरुको म्एच् निमार्ण गरी तालतलैयाहरुलाई पर्यटनमुखी बनाइनेछ ।

ग) उर्जा वातावरण तथा जलवायु परिवर्तन :

– कैलारी गाउँपालिकाको स्थानीय अनुकुल योजना तयार गरी योजनाको कार्यान्वयनका लागि कार्यक्रम तर्जुमा गरिनेछ ।

– जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमहरु संचालनका लागि जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिनेछन ।

– विकास कार्यक्रम संचालन गर्दा वातावरण संरक्षण क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरु बीच समन्वय गरी सकेसम्म एकद्धार प्रणालीबाट विपद् व्यवस्थापन कार्यक्रम संचालन गर्न जोड दिइनेछ ।

– वातावरण संरक्षण तथा जलवायु परिवर्तनले पार्ने प्रभाव तथा असरहरुका बारेमा जनचेतना अभिबृद्धि तथा अनुकुलनका कार्यक्रमहरु प्रभावकारीताका साथ संचालन गरिनेछन ।

– वातावरण सरसफाई तथा गृहणीको स्वास्थ्यमा सुधारका लागि सुधारिएको चुल्हो बाँयोग्यास तथा रसायन ग्याँसको व्यवस्था गरिनेछन ।

घ) बिपद जोखीम न्यूनीकरण तथा वातावरण संरक्षण :

– विपतपुर गाउँको पुर्नलाभ तथा पुर्नस्थापनाका लागि बिशेष पहल तथा समन्वय गरिनेछ ।

– आगलागीको नियन्त्रण तथा रोकथामका लागि अन्य स्थानीय तहसँगको समन्वयमा बारुणयन्त्र(दमकल)सँचालन गरिनेछ ।

– विपदबाट प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि विपद व्यवस्थापन कोषको व्यवस्था गरिनेछ ।

– बिपद जोखीमको न्यूनीकरणका लागि खोज तथा उद्धारकर्ता र प्रतिकार्य दलको क्षमता विकासका कार्यक्रमहरु संचालन गर्नुका साथै विपद व्यवस्थापन कोषको व्यवस्थापनमा कोषको बृद्धिका कार्यक्रमहरु गरिनेछ ।

– बिपद जोखीम न्यूनीकरणका गर्न आवश्यक श्रोत तथा साधनको व्यवस्थापनका लागि बिभिन्न निकायसँग समन्वय गरिनुका साथै संचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।

– विपद जोखीम न्यूनीकरणका लागि प्रत्येक वडामा विपद प्रतिकार्यदलको गठनका लागि कार्यक्रमको तर्जुमा गरी क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछन ।

– बिपद जोखीमका तत्काल राहतका लागि समयमै खाद्य तथा गैह्रखाद्य सामाग्रीको व्यवस्थापन, सुरक्षित आश्रय स्थलको लागि आवश्यक बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– विपद जोखीम न्यूनीकरणका लागि समयमै सूचना प्रवाह गर्ने पूर्व सूचना कर्ता (गेज रिडर) हरुको आत्मबल अभिबृद्धिका लागि प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछन ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा :

क) सुशासन तथा पारदर्शिता :

– गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको विवरण सूचना सवैका जानकारीका लागि उपलब्ध गराईनेछ ।

– पारदर्शिता शुसासनलाई सँस्थागत गर्नका लागि सञ्चार माध्यम तथा तेस्रो पक्ष मूल्याँकन गराईनेछ ।

– सार्वजनिक सुनुवाई, समिक्षा तथा सामाजिक परिक्षण प्रभाव अध्ययनलाई थप प्रभावकारी बनाईनेछ ।

– मिडिया परिचालन/प्रेस रिलिज/प्रेस मिट तथा जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ ।

ख) क्षमता विकास :

– कैलारी गाउँपालिकाको मानव सँसाधन विकास योजना निमार्ण गरिनेछ ।

– समय सापेक्ष रुपमा पदाधिकारी तथा कर्मचारीको कार्य दक्षता अभिबृद्धि कार्यक्रम संचालन गरिनेछ ।

– स्थानीय स्तरका नागरिक समाजका प्रतिनिधिहरुको क्षमता विकासका लागि बजेट तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

– न्यायिक समितिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता भलमन्सा तथा बडघरहरुको क्षमता विकासका कार्यक्रम
संचालन गरिनेछ ।

– प्रभावकारी रुपमा योजनाको कार्यान्वयनका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अनुशिक्षणका कार्यक्रम सँचालन गरिनेछन ।

– पदाधिकारी तथा कर्मचारीहरुको उत्प्रेरणा अभिबृद्धिका लागि अध्ययन÷अवलोकन तथा कार्यसम्पादनका आधारमा प्रोत्साहन गरिनेछ ।

– गाउँपालिकाको सेवा प्रवाह प्रकृयालाई सहज, दुस्तचुस्त बनाउनका लागि विभिन्न सफ्टवेयरको प्रयोग गरिनुका साथै बिद्युत सुशासन प्रणालीलाई सँस्थागत गरिनेछ ।

ग) संस्थागत विकास :

– गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री बनाउनका लागि बिद्युतीय प्रणालीहरुको प्रयोग गरिनेछ ।

– गाउँपालिकाको सेवा प्रवाहलाई दुस्तचुस्त बनाउनका लागि आवश्यक उपकरण तथा औजारहरुको व्यवस्थापन गरिनेछ ।

– Project Bank तयार गरी Project Bank मा भएका योजनाहरुको सम्भाव्यता अध्ययन, सर्वे गरी सालवसाली कोषको व्यवस्था गरी श्रोतले कार्यान्वयन गर्न नसकिने ठूला योजनाहरुको कार्यान्वयनका लागि सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।

– सार्वजनिक खरीद प्रकृयालाई व्यवस्थित गर्न खरिद गुरु योजना निमार्ण गरी खरिद ईकाइ र खरीद सचिवालयको गठन गरी खरीद प्रकृयालाई व्यवस्थित र मितव्ययी बनाईने छ ।

– सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता कार्यलाई व्यवस्थित तथा संस्थागत गरिनेछ ।

– योजनावद्ध विकास प्रकृयालाई संस्थागत गर्नका लागि बिषयगत योजनाहरुको तर्जुमा गरिनेछ ।

– गाउँपालिकाको विकास प्रकृयालाई प्रभावकारी , दिगो तथा व्यवस्थित बनाउनका लागि गाउँपालिकाको श्रोत नक्साँकन गरीनेछ ।

– गाउँपालिकाको सेवा प्रवाहलाई जनमैत्री तथा पहँुचयुक्त बनाउनका लागि सँस्थागत सुधारका कार्यक्रम कार्यान्वयन गरिनेछन ।

– वडा कार्यालय, बिद्यालय तथा स्वास्थ्य सँस्थाहरुको सेवालाई सहज तथा जनमैत्री बनाउनका लागि सँस्थागत सुधार तथा पूर्वाधारको विकास गरिनेछ ।

घ) गै.स.स. सहजीकरण तथा नियमन :

– गै.स.स.हरुका कार्याक्रमहरु सहजिकरण र नियमन गर्दै प्रभावकारी बनाउनका लागी गैसस डेक्सको स्थापना गर्ने ।

– राष्ट्रिय,अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुलाई गाउँपालिकाको वार्षिक योजना प्रणालीमा समेट्दै त्यस्ता गै.स.स.हरुको कार्यक्रम र बजेटको पारदर्शीता कायम गर्न जोड दिइनुका साथै गै.स.स.सँग समन्वयात्मक कार्यक्रम संचालन गरिनेछ ।

– गैर सरकारी सँघ÷सँस्थासँगको समन्वय तथा सहकार्यमा सामाजिक रुपान्तरणका साथै अन्य कार्यक्रमहरु कार्यान्वयन गरिनेछन ।

– कैलारी गाउँपालिकामा क्रियाशिल गैर सरकारी सँघ÷सँस्थाहरुसँग नियमित समन्वयात्मक बैठक बसी कार्यक्रमको तर्जुमा गरिनेछन ।

– समान प्रकृतिका कार्य सँचालन गर्ने गै.स.स.सँग समन्वयात्मक रुपमा कार्यक्रम सँचालन गरिनेछ ।

ङ) बजेट तथा राजश्व परिचालन :

– तालतलैयाहरुको ठेक्का व्यवस्थापन तथा असुली प्रकृृयालाई व्यवस्थित र पारदर्शिताका साथ लागु गर्नका लागि कार्यदाल÷ सहजिकरण समितिको गठन गरिनेछ ।

– कैलारी गाउँपालिकामा रहेका तालतलैयाहरुको अभिलेखीकरण, भ्क्ष्ब् (वातावरणीय प्रभाव मूल्यांकन) गरिनुका साथै तालतलैयाको उचित व्यवस्थापन तथा आयमुखी बनाउनका लागि सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।

– कैलारी गाउँपालिकाका नागरीकहरुको आम्दानीको बिश्लेषण गर्दै करका दर तथा दायरामा पुर्नावलोकन गरिनेछ ।

– गाउँपालिकाले लगाएका ठेक्काहरुको व्यवस्थापन गरिनुका साथै आन्तरीक आयको अभिबृद्धिका लागि कार्यदलको गठन गरिनेछ ।

– गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै वित्तिय व्यवस्थापनका लागि राजश्व सुधार योजना निमार्ण तथा कार्यान्वयन गरिनेछ ।

– स्थानीय राजश्व परामर्श समितिको सिफारिस अनुसार आन्तरिक आयका श्रोतहरुको पहिचान गर्नुका साथै आन्तरिक आयका थप दायरा तथा दर निर्धारण गरिने छ ।

– पेश्की सुन्य नीतिलाई प्रभावकारी रुपमा कार्यानवयन गरिनेछ ।

– बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा सामाजिक न्यायको अवधारणा अनुसार गरिने नीतिलाई अगिकार गरिनेछ ।

– कर शिक्षालाई प्रभावकारी रुपमा लागु गर्नका लागि कर संचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।

– आन्तरीक आयको अभिबृद्धि तथा संकलन र पेश्की बेरुजुको फच्र्यौटका लागि व्यवस्थित राजश्व शाखाको स्थापना तथा कार्यदलको गठन गरिनेछ ।

– गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै समन्वयात्मक रुपमा कार्यक्रम सचालनका लागि सामुदायिक वन तथा अन्य सरोकारवालासँग समन्वय, सहकार्य गरिनेछ ।

यस गरिमाय सभाका सभा अध्यक्ष एंव सदस्यज्यूहरु

अन्त्यमा,यो नीति, तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सक्रिय सहभागी भै योगदान पुर्याउने यस गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभाका सदस्यहरु,गाउँपालिकामा क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारी मित्रहरु तथा सरोकारवालाहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यबाद दिन चाहन्छु । कैलारी गाउँपालिकाको समग्र विकासका लागि नेपाल सरकार, प्रदेश सरकार, राष्ट्रिय योजना आयोग, विकास साझेदार तथा सम्पूर्ण कैलारीबाँसी नागरिक, राजनितिक दल, नागरिक समाज,बुद्धिजिवी, प्रबुद्धवर्गबाट सदैव रचनात्मक सहयोग, सदभाव,समन्वय तथा पृष्ठपोषणको आशा र अपेक्षा गर्र्दै विदा हुन चाहन्छु ।

राज समझ चौधरी
अध्यक्ष,
कैलारी गा.पा.

कैलारी गाउँपालिकाका उपाध्यक्ष ज्यूबाट प्रस्ततुत २०८०/०८१ को बजेट तथा कार्यक्रम
यस गरिमामय सभा अध्यक्षज्यू, तथा सभाका सदस्यज्यूहरु

१.सर्वप्रथम आजको यस गरिमामय सभामा नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक÷गणतान्त्रिक एंवम अन्य सामाजिक आन्दोलनहरुमा आफ्नो अमुल्य जीवनको आहुती गर्ने श्रद्धेय ज्ञात अज्ञात अमर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं श्रद्धासुमन अपर्ण गर्न चाहन्छु ।

२.कैलारी गाउँपालिकाका विकासका आयम तथा गाउँपालिकामा उपलब्ध हुने श्रोत साधनको अनुमानका साथै गाउँपालिकाका अध्यक्षज्यूबाट यस सम्मानीत सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको अनुरोध गर्दछु ।

३.कैलारी गाउँपालिकाको बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा गाउँपालिकाका सम्भावना तथा चुनौतीहरुको बिश्लेषण गरी समग्र कैलारी गाउँपालिकाको दिगो विकास, रोजगारी अभिबृद्धि तथा सामाजिक रुपान्तरणका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी प्राप्त बजेट सिलिङ्ग र आन्तरीक आयको आँकलनका आधारमा कार्यक्रम तथा कार्यक्रमको तर्जुमा गरिएको ब्यहोरा यस सभामा अनुरोध गर्दछु ।

४.कैलारी गाउँपालिकाको आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा कैलारी गाउँपालिकामा आ.व. २०७९/२०८० का लागि बजेट सिलिङ्ग तथा यर्थाथमा प्राप्त बजेट तथा कार्यक्रमलाई समेत अध्ययन गरी सोका आधारमा बजेट तथा कार्यक्रम तर्जुमा गरिएको समेत जानकारी गराउन चाहन्छु ।

५.कैलारी गाउँपालिका प्रादेशिक राजधानी धनगढी तथा छिमेकी राष्ट्र सँग सीमाना जोडिएको यस गाउँपालिकामा आर्थिक, भौतिक, सामाजिक, प्राकृतिक तथा मानवीय विकासका अनन्त सम्भावना रहेका छन । बसन्ता अन्तराष्ट्रिय जैविक मार्ग, कोईलही लगायतका प्रसस्त ताल तलैया, कृषि योग्य उर्वर भूमि र सामाजिक तथा जैविक बिबिधता सहितको बिशिष्ठ पहिचान भएता पनि, सिचाई सुबिधाको कमी, मल तथा विउ विजनको सहज रुपमा उपलब्ध नहुनु, भूमिहिनको उचित व्यवस्थापन जस्ता प्रमुख सवालहरु रहेको यस गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सवालहरुको सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको सहर्ष जानकारी गराउन चाहन्छु ।

६.लोकतन्त्रको आधारभुत र बलियो संरचना मानिने, स्थानीय तहले जनकेन्द्रित विकास प्रकृयालाई संस्थागत गर्न यस गाउँपालिकाबाट आवश्यक नीति तथा विधिहरुको निमार्ण, कार्यक्रम तथा बजेटको तर्जुमा तथा कार्यान्वयन, विभिन्न निकायहरुसँगको समन्वय तथा सहकार्यमा विकास क्रियाकलापहरु संचालन गरिएको यस सम्मानीत सभामा अवगत गराउन चाहन्छु । यद्यपी आवश्यक पूर्वाधार तथा मानवीय संसाधनको कमी, साथै आवश्यक ऐन, नियम, निर्देशिका, कार्यबिधि, नीतिहरुको निमार्ण सगसगै निमार्ण भएका नीति नियमको कार्यान्वयन, उपलब्ध श्रोत र साधनको उच्चतम तथा न्याय सगत विनियोजन, जनपरिचालन, आयोजनाको छनौट÷कार्यान्वयन÷अनुगमन एवं मूल्याँकन, सामाजिक समावेशीकरणलाई संस्थागत, गरैसरकारी संघ संस्थाहरुको सहजिकरण र नियमन, संघीय तथा प्रादेशिक सरकारसँग अर्थपूर्ण साझेदारी, समन्वय र सहकार्य तथा वकालतका क्षेत्रमा साकारात्मक सहकार्यको थालनी भए पनि गाउँपालिकाका सवै क्षेत्र तथा वर्गका मागको सम्बोधन तथा निराकरणका लागि आवश्यक श्रोत साधनको उपलब्धता प्रयाप्त मात्रँमा नहुदाँ जनचाहना अनुरुप विकास कार्यहरु संचालन गर्न श्रोतको दिगो व्यवस्थापन गर्न आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गर्नु पर्ने यर्थाथ यस सभामा अनुरोध गर्दै कैलारी गाउँपालिकाको यस सम्मानीत सभा अधिबेशनमा आर्थिक बर्ष २०८०÷०८१ को बजेट, तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्ष तथा गौरववान्ति भएको व्यक्त गर्न चाहन्छु ।

आदरणीय सभाका सभा सदस्य ज्यू ,

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२ तथा  ६३ ले गरेको प्राबधान तथा स्थानीय तहको बार्षिक बजेट तथा  योजना तर्जुमा दिग्र्दशन,२०७४, मा भएको प्राबधान अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र राजश्वका क्षेत्रहरुको पहिचान, दायरा तथा दर निर्धारण गरी स्थानीय तहमा आम्दानीका श्रोतहरुको प्रक्षेपण गरी बजेट तर्जुमा गर्नु पर्ने व्यवस्था अनुरुप कैलारी गाउँपालिकामा समेत स्थानीय तहको राजश्व परामर्श समितिले सरोकारवालासँग विभिन्न चरणमा छलफल अन्तरक्रिया गरी गाउँपालिका भित्रका विकास निमार्णका कार्यहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा दिगो विकासका आयाम तथा क्षेत्रलार्ई संस्थागत गर्दै लैजान आगामी आर्थिक बर्षका लागि कैलारी गाउँपालिकाको राजश्वका दायरा, सिमा, दर निर्धारण गरी गाउँ सभामा पेश गर्नका लागि यो वजेट तथा कार्यक्रम तयार गएिको छ ।

राजश्वको मौजुदा अवस्थाको विश्लेषण

कैलारी गाउँपालिकाको राजश्वको मौजुदा अवस्थाको बिश्लेषण गर्दा, यस गाउँपालिकामा मुख्य आन्तरीक आयको श्रोतका रुपमा मालपोत रहेको छ । गाउँपालिकाको राजश्वको दिगो अभिबृद्धिका लागि राजश्व सुधार योजनाको निमार्ण भैसेकोमा सोको कार्यान्वयन प्रभावकारी रुपमा गर्नु पर्ने देखिन्छ । कैलारी गाउँपालिकाको आन्तरीक श्रोत व्यवस्थापनका प्रसस्त सम्भावना रहेता पनि स्थानीय राजश्व परामर्श समितिबाट निर्धारण गरेका राजश्वका नयाँ क्षेत्र, दायरा तथा दरहरुको आधारमा कर संकलन प्रकृया समेत प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको जानकारी समेत यस सम्मानित सभामा अनुरोध गर्न चाहन्छु । स्थानीय सरकारको अवधारणा अनुरुप गाउँपालिकामा विकासका गतिबिधिहरुलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि राजश्वका दिगो श्रोतहरुको पहिचान तथा परिचालन गरी आन्तरिक आय अभिबृद्धि गर्नु पर्ने कुरा समेत जानकारी गराउन चाहन्छु ।

कैलारी गाउँपालिकाको आन्तरीक आयको दिगो व्यवस्थापनका गाउँपालिकाबाट ठेक्का व्यवस्थापन गरिएका क्षेत्रहरुबाट सँकलन गर्नु पर्ने बाँकी बक्यौदा रकमको असुलीका लागि प्रभावकारी सयन्त्र तथा अधिकार सम्पन्न कार्यदलको निर्माण तथा परिचालन गर्नु पर्ने देखिन्छ । गाउँपालिकाको राजश्वको अभिबृद्धिका लागि गाउँपालिकाबाट बहाल विटौरी कर, बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा लागु गर्नुका साथै सामुदायिक वन तथा निजिक्षेत्रसँगको समन्वय तथा सहकार्यलाई कार्यमूलक बनाउनु पर्ने देखिन्छ ।

सभा अध्यक्ष महोदय,

अव म यस सम्मानीत सभामा कैलारी गाउँपालिकाका कर नीतिहरु प्रस्तुत गर्न चाहन्छु

राजश्व नीतिहरु :

स्थानीय तहको राजश्व परामर्श समितिले यस कैलारी गाउँपालिकाको राजश्व अभिबृद्धि तथा परिचालन गर्नका लागि करका दायरा तथा श्रोतहरुको थप पहिचान गर्दै गाउँपालिकामा थप राजश्वका श्रोतहरुलाई संस्थागत गर्दै राजश्व संकलन तथा परिचालनलाई व्यवस्थित तथा प्रभावकारी बनाई दिगो तथा संस्थागत रुपमा विकासका गतिबिधिहरुलाई संचालन गर्न तपशिल बमोजिमका श्रोत अभिबृद्धि तथा राजश्व संकलनका नीतिहरु अंगिकार गरीएका छन ।
– मालपोतका दर तथा दायरा निर्धारण गर्दा कृषि उत्पादकत्व, उत्पादन लागतका साथै उत्पादित वस्तुको बजार मूल्यलाई आदीलाई आधार मानिएको ।
– आन्तरीक आयको अभिबृद्धिका लागि करका दर तथा दायराहरुमा समयानुकुल पुर्नावलोकन गरिएको ।
– आन्तरिक आयको अभिबृद्धि तथा बित्तिय शुसासन कायम गर्नका लागि कार्यदलको गठन गर्नु पर्ने ।
– सवैभन्दा बढी राजश्व बुझाउनेलाई सभामा सम्मानीत गरिने नीतिको अवलम्बन गरिनेछ ।
– गाउँपालिकामा संघीय तथा प्रादेशिक सरकारबाट बजेट तथा कार्यक्रमको उपलब्धताका लागि आवश्यक पहल गरिनुका साथै समन्वयात्मक रुपमा संचालन गरिने नीतिको अवलम्बन गरिनेछ ।
– आन्तरिक आयको अभिबृद्धिका लागि कर सचेतना कार्यक्रमहरु संचालन गरिनेछन ।
– आन्तरीक आयको अभिबृद्धिका लागि सरोकारवालाहरु बिच अन्तरक्रिया तथा छलफल कार्यक्रम संचालन गरिनेछन
– समपुरक कोषका योजनाहरु संचालन गर्नका लागि गाउँपालिकामा समपुरक कोषको स्थापना गरिनेछ ।
– आन्तरीक आयको अभिबृद्धिका लागि गाउँपालिकाले सामुदायिक वन, उपभोक्ता तथा स्थानीय नागरीक समाजसँगको समन्वयमा ताल तलैयाहरुको आयलाई गाउँपालिकाको स्वामित्वमा ल्याईनेछ ।
– कैलारी गाउँपालिकाको आन्तरीक आयकोे अभिबृद्धिका साथै आन्तरीक आयका दायराहरुको पहिचान गर्नका लागि गाउँपालिकाको श्रोत नक्साँकन गर्नुका साथै तालहरुको ठेक्का व्यवस्थापन प्रकृयालाई व्यवस्थित तथा बैज्ञानिक बनाउनका लागि तालहरुकोे भ्क्ष्ब् गरिनेछ ।
– कैलारी गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै गत विगतमा ठेक्का व्यवस्थापन गरिएका तालतलैया लगायत अन्य आन्तरीक आयको संकलन, श्रोतको पहिचान तथा प्रवद्र्धन लागी राजश्व सुधार कार्य योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
– बजेट कार्यान्वयन तथा खर्च व्यवस्थापनलाई पारदर्शि बनाउनका लागि शुन्य सहनशिलताको नीति अँगिकार गरिनेछ

करका आधारहरु

कैलारी गाउँपालिकाको स्थानीय राजश्व परामर्श समितिले राजश्वका श्रोत, दायरा तथा दरको निर्धारण गर्दा तपशिल बमोजिमका आधारहरु लिईएकोछ ।
– स्थानीय सरकार संचालन ऐनमा भएको व्यवस्था
– मालपोत कार्यालयको मालपोतका दर
– नजिकका छिमेकी स्थानीय तहहरुले राजश्व संकलन गर्न निर्धारण गरेका करका दायरा, क्षेत्रहरु
– स्थानीय बाँसिन्दाहरुको राजश्व बुझाउन सक्ने क्षमता
– कृषि भुमिको उतपादकत्व तथा व्यापार व्यवसायको अवस्था
– सवारी साधन तथा कृषि औजारको उपलब्धता
– सरकारी तथा सार्वजनिक सम्पत्तिको उपलब्धता
– सरोकारवालाहरुसंगको छलफल अन्तरक्रिया
– गाउँपालिकाको विकास प्रकृया तथा विकासमा अनुदान तथा साझेदारी
– गत विगतमा संकलन भएको आन्तरिक आयको अवस्था
– व्यापार व्यवसाय तथा शहरीकरणको अवस्था
– विकासका आयाम तथा वित्तिय व्यवस्थापनको अवस्था
– गाउँपालिकामा स्थापना भएको उद्योग तथा कलकारखानाको अवस्था
– भविश्यमा सँचालन/स्थापना हुन सक्ने व्यापार व्यवसायको आँकलन

सभाका सभा अध्यक्ष महोदय,
अव म यस सम्मानित सभामा आगामी आर्थिक बर्ष २०८०/०८१ को अनुमानित आय पेश गर्दछु ।
आय तर्फ :
 संघीय सरकारबाट प्राप्त हुने :
– बित्तिय समानिकरण अनुदानमा रु. १३,६९,००,०००।००
– राजश्व बाँडफाडमा रु. १२,२९,८३,०००।००
– शर्सत अनुदानमा रु. २६,४४,००,०००।००
– समपुरक अनुदान रु. ७५,००,०००।००
– बिशेष अनुदान रु. ५५,००,०००।००
जम्मा रु. ५३,७२,८३,०००।००

 प्रदेश सरकारबाट प्राप्त हने :
– बित्तिय समानीकरण अनुदान रु. १,२१,४४,०००।–
– सवारी साधन कर अनुदान(राजश्व बाँडफाड) रु. ४५,४४,०००।–
जम्मा रु. १,६६,८८,०००।–

 गाउँपालिका आन्तरीक आम्दानी
– गाउँपालिकाको आन्तरिक आय रु. १,७५,००,०००।–
– आन्तरीक श्रोत अ.ल्या. रु. १,००,००,०००।—
जम्मा रु. २,७५,००,०००।
 गा.पा.कुल जम्मा रु. आय रु. ५८,१४,७१,०००।–
 गैर सरकारी संघ संस्थाको कार्यक्रम रु. ५,३३,९८,०००।–
कुल जम्मा रु. ६३,४८,६९,०००।–
सभाका सभा अध्यक्ष ज्यू,

  अव म यस सम्मानित सभामा श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले उपलब्ध गराएको बजेट सीमा तथा अध्यक्षज्यूको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी बिषयगत समितिमा भएको छलफलका तथा सुझावका साथै बजेट तथा योजना तर्जुमा समितिको बैंठमा आवश्यक संसोधन परिमार्जन गाउँकार्यपालिकामा भएको निर्णयका आधारमा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि क्षेत्रगत रुपमा बजेट तथा कार्यक्रम यस सभामा समक्ष पेश गर्दछु ।

विनियोजनतर्फ
१. शर्सत कार्यक्रम रु. २६,४४,००,०००।–
२. सपुरक अनुदान (सँघ) रु. ७५,००,०००।–
३. बिशेष अनुदान (सँघ) रु. ५५,००,०००।–
४. कार्यालय सँचालन÷प्रशासनिक(चालु) रु. ९,६४,२१,०००।–
५. समपुरक कोष रु. ६,००,००,०००।–
६. भुक्तानी बाँकी रु. १,००,००,०००।–
७. भूमी व्यवस्थापन (भूमी आयोग) रु. ४९,५०,०००।–
८. विस्तृत परियोजना प्रतिवेदन(म्एच्) रु. २०,००,०००।–
९. अध्यक्ष कप रनिङ्ग प्रतियोगिता÷खेलकुद कार्यक्रम रु. ३२,००,०००।–
१०. क्षमता विकास तथा रोजगार कार्यक्रम रु. १०,००,०००।–
११. स्वास्थ्य विमाका लागि आर्थिक सहयोग रु. ५,००,०००।–
१२. बिद्युतीय सुशासन तथा सुचना प्रविधि कार्यक्रम रु. १०,००,०००।–
१३. अध्यक्ष रोजगार कार्यक्रम रु. १०,००,०००।–
१४. उपाध्यक्ष समावेशी कार्यक्रम रु. २०,००,०००।–
१५. वडागत बजेट सिलिगः पूर्वाधार विकास,
लक्षित वर्ग,प्रशासनिक वडाको (खाजा, ईन्धन,पत्रपत्रिका) रु. ५,६७,५०,०००।–
१५.१ वडा नं. १ को रु. ६२,५०,०००।–
१५.२ वडा नं. २ को रु. ६२,५०,०००।–
१५.३ वडा नं. ३ को रु. ६२,५०,०००।–
१५.४ वडा नं.४ को रु. ६२,५०,०००।–
१५.५ वडा नं. ५ को रु. ६२,५०,०००।–
१५.६ वडा नं. ६ को रु. ६२,५०,०००।–
१५.७ वडा नं. ७ को रु. ६७,५०,०००।–
१५.८ वडा नं. ८ को रु. ६२,५०,०००।–
१५.९ वडा नं. ९ को रु. ६२,५०,०००।–
१६. आर्थिक विकास समिति रु. १,००,००,०००।–
१६. १.कृषि विकासमा रु.४५,००,०००।–
१६.२. पशुसेवामा रु.५५,००,०००।
१७. सामाजिक विकास समिति रु. ४,००,००,०००।–
१७.१ शिक्षामा (शैक्षिक विकास) रु. २,२५,००,०००।–
१७.२. स्वास्थ्यमा रु. १,०८,००,०००।–
१७.३. महिला बालबालिका तथा समाज कल्याणमा रु. २७,००,०००।–
१७.४. खानेपानी सरसफाई तथा स्वच्छतामा रु. २५,००,०००।–
१७.५. आयुर्वेद तथा वैकल्पिक चिकित्सामा रु. १५,००,०००।–
१८. वनवातावरण तथा विपद व्यवस्थापन रु. ५१,००,०००।–
१८.१.विपद व्यवस्थापन कोषमा रु. ४०,००,०००।–
१८.२. वनसँरक्षण,बृक्षारोपण तथा वन्यजन्य कार्यक्रम रु ११,००,०००।–
१९. सुशासन तथा सँस्थागत विकास समिति रु. १५,००,०००।–
२०. न्यायिक समिति रु. १५,००,०००।–
२१. बिद्येयक समिति रु. १,५०,०००।–
२२. दलित लक्षित कार्यक्रम रु. ३,००,०००।–
२३. क्यान्टिन (चमेना गृह निर्माण) रु. १७,००,०००।–
२४. भैपरी खर्च रु. ५०,००,०००।–
गाउँपालिकाको कुल विनियोजन रु. ५८,१४,७१,०००।–
गैर सरकारी संघ संस्थाको कार्यक्रम रु. ५,३३,९८,०००।–
कुल जम्मा रु. ६३,४८,६९,०००।–
निष्कर्ष तथा सुझावहरुः

   नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन, २०७४ तथा स्थानीय तहको बजेट तथा योजना तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित) मा भएको प्राबधान अनुसार स्थानीय तहहरुले आफ्नो क्षेत्र भित्रको राजश्वका श्रोतहरुको पहिचान करका दायरा तथा दर निर्धारण गरी गाउँ सभामा पेश गर्नु पर्ने व्यवस्था अनुसार यस गरिमामय सभामा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय राजश्व परामर्श समितिले प्रक्षेपण गरेको आय तथा श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारणको बजेट सीमाका आधारमा योजना तर्जुमा प्रकृयाका सात वटै चरणका प्रकृयाहरुलाई पालना गर्दै आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गरि पेश गरिएकोछ । गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विभिन्न सरोकारवालाहरुसँगको छलफल अन्तरक्रियाका साथै विज्ञहरुसंग समन्वय र स्थानीय राजश्व परामर्श समितिको बैठकमा भएको छलफल तथा यर्थाथका आधारमा तयार गर्ने प्रयास गरिएकोमा गाउँपालिकाको आन्तरीक आयको अभिबृद्धिका साथै प्राप्त श्रोत साधनहरुको न्यायोचित प्रयोगका लागि यस सम्मानीत सभामा तपशिल बमोजिमका सुझाव तथा निष्कर्ष समेत पेश गर्न चाहन्छु ।

– आर्थिक अनुशासनको परिपालना तथा आर्थिक मित्तव्ययितालाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने ।
– आन्तरीक आयको अभिबृद्धिका लागि गाउँपालिकाको राजश्व शाखालाई प्रभावकारी बनाई जनशक्तिको व्यवस्थापन गर्ने ।
– आम जनसमुदायको हितलाई सर्वोपरि राखी मालपोत कार्यालयले निर्धारण गरेको दररेट तथा गाउँपालिकाको बस्तु स्थितीका आधारमा करका दर निर्धारण गरिनु पर्ने ।
– गाउँपालिकाको क्षेत्र भित्र भएका सार्वजनिक तथा ऐलानी÷पर्ती जग्गाको लगत सकलन गरी सोलाई समेत करकोे दायरामा ल्याउन बहाल बिटौरी कर लाई प्रभावकारी रुपमा लागु गर्नु पर्ने ।
– गाउँपालिकाकाले निर्धारण गरेका कर श्रोत, दायरा, दरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागि कार्यदलको गठन तथा परिचालन गर्नु पर्ने ।
– आन्तरीक आयको अभिबृद्धिका लागि करका नयाँ श्रोत तथा दायराहरुको पहिचान गरी आन्तरीक आयको अभिबृद्धिमा कैलारी बाँसीको अपन्त्व श्रृजनाका कार्यक्रमहरु संचालन गर्नु पर्ने ।
– स्थानीय सरोकारवालाहरुका लागि कर सचेतना तथा कर शिक्षाका कार्यक्रमहरु संचालन गर्नु पर्ने ।
– वित्तिय जोखीम न्यूनीकरण तथा सुशासन प्रवद्र्धनका कार्यक्रमहरुलाई संस्थागत गर्दै लैजानु पर्ने
– गाउँपालिकाबाट संचालन गरीने कार्यक्रमहरु समाजिक न्यायका आधारमा संचालन गर्नु पर्ने ।
– गाउँपालिकाको आन्तरीक आय अभिबृद्धिका लागि बार्षिक कार्य योजनाको निमार्ण तथा कार्यान्वयन÷पुर्नावलोकन गर्नु पर्ने ।
– राजश्व सुधार योजनाले परिलक्षित गरेका वित्तिय अनुशासनका औजारको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने ।
– जनमैत्री तथा जनमुखी सेवा प्रवाहका लागि समिक्षा, सुनुवाई तथा सार्वजनिक जवाफदेहीताका लागि शुसासनका औजारका साथै आम्दानी तथा खर्चको मध्यावधिक मूल्याँकन गर्नु पर्ने ।
– बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा समानुपातिक, समावेशीतथा सामाजिक न्यायका आधारमा गर्नु पर्ने ।
– बजेट तथा कार्यक्रमको तर्जुमा गर्दा नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ्ग तथा निकासा हुने बजेट रकमको बिश्लेषण गर्नु पर्ने ।
– वित्तिय साक्षरताका साथै सार्वजनिक खर्चमा मित्तव्ययीताका कार्यक्रम सँचालन गर्नु पर्ने ।
– लागतमा साझेदारी तथा दोहरोपनाको न्यूनीकरणका लागि विकास साझेदारमा योजना तर्जुमा तथा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नु पर्ने ।
– गाउँपालिकाबाट कार्यान्वयन हुने कार्यक्रमहरुको दिगो तथा प्रभावकारी कार्यान्वयनका लागि लाभग्राही लगायतका अन्य सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रियालाई सँस्थागत गर्नु पर्ने ।

सभाका सभा अध्यक्ष महोदय,

कैलारी गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन वातावरण तथा विपद व्यवस्थापन का साथै सुशासन तथा संस्थागत विकासका कार्यहरुलाई प्रभावकारी तथा दिगो रुपमा कार्यान्वयन गर्नका लागि बित्तिय श्रोतहरुको दिगो पहिचान तथा परिचालन गर्नुका साथै गाउँपालिकाका कार्यहरुलाई बढी भन्दा बढी जनमुखी तथा जनमैत्री बनाउनका लागि बित्तिय जोखीम न्यूनीकरण तथा सुशासन प्रवद्र्धनका कार्यलाई संस्थागत गर्दै लैजानु पर्ने हुन्छ । गाउँपालिकाको आन्तरीक आय अभिबृद्धिका लागि राजश्व परामर्श समितिबाट सिफारिस गरिएका करका दायरा तथा दर अनुसारको कर संकलनका लागि प्रभावकारी सयन्त्रको निमार्ण गर्नु पर्ने हुन्छ । गाउँपालिकाले दिगो विकासको अवधारणा अनुरुपका योजनाहरुको प्राथमिकिकरण गरी अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन योजनाहरुको छनौट गरी योजनाबद्ध रुपमा गाउँपालिका लक्ष्य, उद्धेश्य तथा दृष्टिकोणलाई सहयोग गर्ने विकासका गतिबिधिहरु संचालन गर्नु पर्ने देखिन्छ । त्यसैगरी गाउँपालिकाको श्रोत तथा साधानबाट संचालन गर्न नसकिने ठूला योजनाहरुको कार्यान्वयनका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्यता गर्नु पर्ने देखिन्छ । साथै समाजिक विकास तथा सामाजिक रुपान्तरणका कार्यक्रमहरु कार्यान्वयनका लागि विभिन्न गैर सरकारी संघ संस्थाहरुका साथै विकास साझेदारसँगको समन्वय, सहकार्यलाई अझ व्यवस्थित तथा नतिजा मूलक बनाई कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ । 

सभाका सभा अध्यक्ष महोदय,अन्त्यमा,

यो बजेट, तथा कार्यक्रम तर्जुमा प्रक्रियामा सक्रिय सहभागी भै योगदान पुर्याउने यस गाउँपालिकाका गाउँसभाका अध्यक्ष, सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत, स्थानीय राजश्व परामर्श समितिका सदस्य लगायत कर्मचारी मित्रहरु, तथा सरोकारवालाहरु प्रति हार्दिक आभार व्यक्तगर्दै धन्यबाद दिन चाहन्छु । यस गरिमामय कार्यक्रममा उपस्थित गाउँसभाका सदस्य, पत्रकार बन्धु लगायत अन्य उपस्थित महानुभावमा हार्दिक कृतज्ञता तथा धन्यबाद व्यक्त गर्न चाहन्छु । गाउँपालिकाको समग्र विकास तथा रुपान्तरित कैलारीका लागि नेपाल सरकार, प्रदेश सरकार, राजनितिक दल, विकास साझेदार तथा कैलारी गाउँपालिकाबाँसी जनसमुदायका साथै नागरीक अगुवाहरुबाट सदैव रचनात्मक सहयोग, सदभाव तथा पृष्ठपोषणको आशा र अपेक्षा गर्र्दै विदा हुन चाहन्छु ।

                                (भगवती कुमारी चौधरी) 
                                         उपाध्यक्ष

गैससको बजेट तथा कार्यक्रम :
१.दलित महिला अधिकार मञ्च रु. ५५,३०,०००।–
२. फियान नेपाल रु. ५,५०,०००।–
३. लि–वर्ड रु. ६,८१,०००।–
४. ओरेक (महिला पुर्नस्थापना केन्द्र) रु. ७,७८,०००।–
५. नेपाली उपभोक्ता संरक्षण महासँघ रु. ४,८०,०००।–
६. सप्रोस नेपाल रु. ८०,२८,०००।–
७. सहास नेपाल(सहयोगी हातहरुको समुह) रु. ८९,०२,०००।–
८. मानव अधिकारका लागि महिला एकल महिला समुह(कुर्वे वोष्ट्रो) रु. १२,१२,०००।–
९. दलित महिला सँघ (जुरी नेपाल) रु. १२,८५,०००।–
१०. एन.एन.एस.डब्लु.ए. रु. ७,००,०००।–
११. सामाजिक सेवा अध्ययन केन्द्र रु. ४०,१३,०००।–
१२. नवजिवन सेवा सँघ रु. १,३१,६१,०००।–
१३. सुदूरपश्चिम समाज रु. १,२५,०००।–
१४. याक नेपाल(परिवर्तनका लागि कार्यरत युवा समुह) रु. ५,८०,०००।–
१५. मुक्त कमैया महिला विकास मञ्च रु. ७,५०,०००।–
१६. सृजनशिल समाजको सृजना (सि.सि.एस) रु. २९,६८,०००।–
१७. सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा रु. ८,१५,०००।–
१८. बेटर नेपाल रु. ३,४०,०००।–
जम्मा रु. ५,०८,९८,०००।–