१ जेष्ठ २०८२, बुधबार May 14, 2025

कुशल व्यक्ति गुमाएकोमा मुख्यमन्त्री शाहद्वारा दुःख व्यक्त

६ असार २०८०, बुधबार
कुशल व्यक्ति गुमाएकोमा मुख्यमन्त्री शाहद्वारा दुःख व्यक्त

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अन्तिम श्रद्धाञ्जलीका लागि धनगढीको कभर्ड हलमा राखिएको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छ्न ।
मुख्यमन्त्री शाहसंगै प्रदेशका मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल लगायत सयौंको संख्यामा उपस्थित स्थानीय तथा आफन्तहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहले मन्त्री सिंहको मृत्युले प्रदेशले एक कुशल ब्यक्ति र सरकारले एक असल मन्त्री गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे ।
बुधबार (आज) बिहान धनगढी स्थित कभर्डहलमा सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइसके पश्चात् उनको पार्थिव शरीरलाई अन्तिम संस्कारको लागि हेलिकप्टर मार्फत बझाङ लगिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

मंगलबार धनगढीबाट डडेल्धुरा जाँदै गरेको मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुरा बाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा गाडीमा सवार मन्त्री सिंह, श्रीमती अमृता सिंह, भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।