२६ आश्विन २०८१, शनिबार October 12, 2024

बझाङ सवारी दुर्घटना : कानूनमन्त्री सिंह दम्पती सहित तीन जनाको मृत्यु

५ असार २०८०, मंगलवार
बझाङ सवारी दुर्घटना : कानूनमन्त्री सिंह दम्पती सहित तीन जनाको मृत्यु

धनगढी । बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो २ बजे दुर्घटनामा परेका मन्त्री सहित २ जनालाई नेपालगञ्ज मेडिकल कलेजमा नेपाली सेनाको हेलीकप्टर मार्फत पुयाइएको थियो ।
४ बजेर ५८ मिनेटमा मेडिकल कलेजमा मन्त्री सहित २ जनालाई पुयाइए पनि गम्भीर अवस्थामा रहेको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । अस्पतालमा पुयाइएका मन्त्रीको गम्भीर अवस्थामा नाभीको चाल, मुटुको धड्कनले काम गर्न छोडेको र अस्पतालको टीमले श्रोत साधनले भ्याएसम्म काम गरेपनि ५ बजेर ३३ मिनेटमा मृत घोषणा गरेको मेडिकल कलेजका निर्देशक प्रा.डा ढुण्डी राज पाडैलले प्रेस विज्ञप्ती मार्फत बताएका छन् । उनका अनुसार अन्य ३५ बर्षिय धर्मराज जोशी र ३५ कै दिपेन्द्र भण्डारीको मेडिकल कलेजको आकस्मीक कक्षमा उपचार भैरहेको छ ।
सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट बझाङ्गको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका थिए ।
जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए ।