धनगढी । धनगढी उपमहानगरपालिकाले सेवाग्राहीलाई सहज होस् भनेर वाताअनुकूलित (एसी) सहितको सुविधा सम्पन्न सेवाग्राही प्रतिक्षालय सञ्चालनमा ल्याएको छ । सो प्रतिक्षालयको मंगलबार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरे । प्रतिक्षालयमा सेवाग्राहीलाई पिउने पानी, डिजिटल नागरिक वडापत्र, एसी, टेलिभिजन र निःशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ ।
प्रतिक्षालय बनाउन २२ लाख ५१ हजार ३६१ रुपैयाँ र फर्निचर लगायतका सामग्री राख्न छ लाख गरी २८ लाख ५१ हजार ३६१ रुपैयाँ खर्च भएको धनगढी उपमहानगरले जनाएको छ । कार्यालयमा आउने सेवाग्राहीलाई प्रविधिसँगै सेवा लिन सजिलो होस् भनेर सुविधा सम्पन्न सेवाग्राही प्रतिक्षालय निर्माण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरप्रमुख महालले उपमहानगरमा आउने सेवाग्राहीले प्रतिक्षालयबाटै कार्यालयका सेवाका ’दयगतमा जानकारी लिन सक्ने बताए ।
सेवाग्राही प्रतिक्षालयको उदघाटन गर्दै मुख्यमन्त्री शाहले घाममा बस्दै आएका सेवाग्राहीका लागि प्रतिक्षालय प्रविधिमैत्रीका साथै डिजिटल वडापत्र, खानेपानी, एसी, टेलिभिजनसहितका सामग्री राखेर धनगढी उपमहानगरले सह्रानीय काम गरेको बताए । कार्यालयमा आउने सेवाग्राही घामपानीमा भिज्नुपर्ने तथा रुखमुनी बस्नुपर्ने अवस्था थियो । सेवाग्राहीले आत्मसम्मान महसुस गरुन् भनेर खानेपानी, इन्टरनेट लगायतका सुविधा भएको प्रतिक्षालय निर्माण गरिएको नगरप्रमुख हमालले बताए ।