९ जेष्ठ २०८१, बुधबार May 22, 2024

किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण

२९ जेष्ठ २०७९, आईतवार
किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण

हसुलिया । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा वनदेवी कृषि सहकारी संस्था लिमिटेड हसुलियाले ६५ प्रतिशत अनुदानमा किसानलाई साना सिचाई तथा स्यालो टयूवेल वितरण गरिएको हो ।
उक्त साना सिचाई तथा स्यालो टयूवेल वितरण कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र सहकारीका अध्यक्ष इच्छा चौधरीले हस्तान्तरण गरेका थिए । पाँच जनालाई पम्पसेट इन्जिन र पाँच जनालाई पानी मोटर हस्तान्तरण गरिएको थियो ।