धनगढी । कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिद्वारा गाउँपालिकामा निर्माण सम्पन्न भएको योजनको अनुगमन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवती कुमारी चौधरीको नेतृत्वमा प्रदेश र गाउँपालिकाको बजेटमा निर्माण सम्पन्न भएको योजनाको अनुगमन गरिएको हो । वडा–९ मा सुपरमुन यूवा क्लव भवनको अनुगमन गरिएको छ । यस भवन निर्माणको लागि गत बर्ष ६ लाख र यस बर्ष ६ लाख ३० हजार गरी १२ लाख ३० हजार बजेट छुटयाइएको थियो ।
गाउँपालिकाको बजेटमा वडा–१ रानामुडामा लागत साझेदारी भवन निर्माणको अनुगमन गरिएको छ । यस भवनको काम बजेट अनुसार वालसम्मको काम सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ८ मा अधुरो रामजानकी धर्मशाला भवनको अनुगमन गरिएको छ । जसको लागि ९ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । यसको काम बाँकी रहेकोले चाँडै सम्पन्न गर्न सुझाव दिइएको छ ।
त्यसै गरी अनुगमन समितिले कुट्टी टोल झोलुङे पुल नजिक्कै भौतिक तटबन्ध (१० लाख बजेट), वडा नम्बर ४ नवलपुर सभाहल भवनको अनुगमन गरिएको छ । २० लाख बजेटमा निर्माण भएको उक्त भवनमा ढोकाको पल्ल हाल्न बाँकी रहेको छ । प्रदेश पूर्वाधारको १० लाख ३ हजार बजेट अन्र्तगत वडा नम्बर ८ लौशा गाउँमा सम्पन्न सडक ग्राभेल र १५ लाख बजेटमा दुधिया गाँउमा सडक स्तरोन्नतीको अनुगमन गरिएको छ । यहाँ माटोको डेनसिटी नापेर ग्राभेलिङको काम भईरहेको र यसलाई चाँडै सम्पन्न गर्नुपर्ने समितिले सुझाव दिईएको छ ।
प्रदेश पूर्वाधार बजेट अन्र्तगत १९ लाख ४५ हजारमा बजेटमा वडा नम्बर ९ उत्तर टोलमा रहेको शिवशक्ति आधारभुत विद्यालयको पक्की पर्खाल र गेट निर्माण भइरहेको छ । यहाँ पाँच मिटर पर्खाल गेट निर्माणको काम बाँकी छ । यसलाई पनि समितिले चाँडै काम सम्पन्न गर्न सुझाव दिइएको अनुगमन सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोष कुमार चौधरीले बताए ।
देवीगंज–समारचौरा हुदै सिमरना सम्म सडका स्तरोन्नतीको काम सम्पन्न भएको छ । ३३ लाख बजेट रहेकामा ३० लाख तराई मधेशको बजेट र ३ लाख गाँउपालिकाको बजेट रहेको थियो । घुराह नदिको दक्षिण भगतपुरमा शेरबहादुर परियारको घरसम्म ड्याम निर्माण वडाको बजेट र प्रधानमन्त्री स्वारोजगार बजेट गरी १० लाख ८८ हजार ७४१ को योजनाको सम्पन्न भएको छ ।
गाउँपालिका स्तरीय अनुगमन टोलिमा संयोजक भगवतीकुमारी चौधरी, पूर्वाधार विकास समिति संयोजक प्रेमबहादुर चौधरी, अनुगमन सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोष कुमार चौधरी, अनुगमन समिति सदस्य सुनिला चौधरी, सव इन्जिनियर सुनिल चौधरी, सवओभरसियर निर्मल चौधरी लगायतको उपस्थिित रहेको थियो ।