७ फाल्गुन २०८१, बुधबार February 19, 2025

विद्युतको एल्टी तारमा घरको छानो, लोहरपुरमा विद्युत सेवा अवरुद्ध

२८ जेष्ठ २०७९, शनिबार
विद्युतको एल्टी तारमा घरको छानो, लोहरपुरमा विद्युत सेवा अवरुद्ध

कैलाली । शनिबार आएको हावाहुरी र पानीले जिल्लाको विभिन्न ठाउँमा क्षति पु¥याएको छ ।
हावाहुरीले कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुर गाउँमा घरको छाना उडेर विद्युत तार चुँडिदा विद्युत सेवा अवरुद्ध भएको छ । घरको छानोले एल्टी तार चुँडिदा लोहरपुर गाउँ र आसपास क्षेत्रमा विद्युत सेवा अवरोध भएको विद्युत कार्यालय हसुलियाका केदार चौधरीले जानकारी दिए । त्यस क्षेत्रमा विद्युत सेवा भोलि मात्रै सुचारु हुने उनले बताए ।
यता भजनीमा हावाहुरीले घरमा रुख ढल्दा घरमा क्षति पुगेको छ भने मानवीय क्षति हुनबाट बचेको स्थानीयले बताएका छन् । त्यस्तै हावाहुरीले टीकापुर आसपास क्षेत्रका किसानहरुको केराखेतीमा क्षति पु¥याएको छ ।