३२ असार २०८१, सोमबार July 15, 2024

संघ र प्रदेश सरकार ढलाउने तथा बनाउने नागरिक उन्मुक्तिको हातमा छ : रेशम

१६ जेष्ठ २०८०, मंगलवार
संघ र प्रदेश सरकार ढलाउने तथा बनाउने नागरिक उन्मुक्तिको हातमा छ : रेशम

कैलाली । पूर्वसांसद रेशम चौधरीले संघ र प्रदेश सरकार ढलाउने तथा बनाउने नागरिक उन्मुक्ति पार्टीको हातमा रहेको बताएका छन् ।
मंगलबार हसुलियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघ र प्रदेश सरकारलाई ढलाउने तथा बनाउने नागरिक उन्मुक्ति पार्टीको हातमा रहेको बताएका हुन् । उनले आफू थारुहरुको हक अधिकार, पहिचानका साढे ५ वर्ष जेल जीवन र धेरै संघर्ष गरेको पनि बताए ।
उनले भने,–‘म साढे ५ वर्ष जेल जीवन बिताए, ३ वर्ष भारतमा विताए तर मन कमजोर भएन । हाम्रा धेरै नेता गए, हाम्रा दुईचार जना थारु नेता भएर पनि गए तर केही भएन । अब हाम्रो नागरिक उन्मुक्ति पार्टी गएको छ । संघ तथा प्रदेश सरकार ढलाउने बनाउने नागरिक उन्मुक्तिको हातमा रहेका छ ।’
थारुहरुको पहिचान मेटिदै गएकोमा उनले दुःख व्यक्त गरे ।
‘हाम्रो लहरा छुटाउने पर्वत्वा अरुले लिए, हाम्रो खर काट्ने बन्वा अरुजनाको भयो, हाम्रो पात टिप्ने बन्वा आफ्नो रहेन’, उनले भने,–‘हाम्रो त पहिचान रहेन, हामी त कमैया भयौं । हामी सुकुम्बासी बन्दै अहिले अरुको देशमा गएर झोप्री बनाउने व्यक्ति भैसक्यो ।’
उनले आफू एक्लै रेशम चौधरी भएर नपुग्ने बताए । उनले थारुहरुको हक अधिकार तथा पहिचानका लागि सबैजना एकजुट हुनेपर्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीले आममाफी पश्चात आफ्ना कार्यकर्तालाई भेटघाट गर्न मंगलबार हसुलिया पुगेका थिए ।