३२ असार २०८१, सोमबार July 15, 2024

थाकस गोदावरी नगर अध्यक्षमा पुनः जनकलाल चौधरी चयन

२ जेष्ठ २०८०, मंगलवार
थाकस गोदावरी नगर अध्यक्षमा पुनः जनकलाल चौधरी चयन

कैलाली । थारु कल्याणकारिणी सभा गोदावरी नगर समितिको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगरमा भएको अधिवेशनको उट्घाट्न वडा न ८ का वडा अध्यक्ष गोबिन्द चौधरीले गरेका थिए । थाकस कैलालीका कार्यवाहक सभापति माधव थारुले थाकस थारु समुदायको छाता संगठन भएकोले यस संस्थामा सम्पुर्ण थारुहर गोल्बन्ध हुन जरुरी रहेको बताए ।
उनले थारु संविधान प्रदत्त पाउनु पर्ने सम्पुर्ण हकअधिकारका लागि एकताबद्ध हुन आवश्यक रहेको औल्याए । साथै उनले स्थानीय तहदेखि केन्द्रसम्म संस्था सुदृढीकरण अभियानलाई जोड दिनु पर्ने बताए ।
सोही अधिबेशनबाट पुनः जनकलाल चौधरीको नेतृत्वमा १२ सदस्यीय सर्बसम्मत समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा फकलु चौधरी, रन्जिता चौधरी सचिवमा फुलाराम चौधरी, कोषाध्यक्षमा शोभा चौधरी, सहसचिवमा कल्पना चौधरी चयन भएका छन् ।