जोशीपुर, २४ बैशाख । कैलालीको जोशीपुरमा संस्थागत विद्यालयसँग बालकल्याणसंघको छलफल एवं परामर्श कार्यक्रम सम्पन्न भएको छ।
बलबालिका तथा किशोर किशोरी रुपान्तरणका लागि सशक्तिकरण परियोजना अन्तरगत संस्थागत विद्यालयका संस्थापक र प्रअसँग बालअधिकार, बाल संरक्षण र विद्यालयमा गुनासो सुनुवाई समिति सम्बन्धि छलफल एवं परामर्श कार्यक्रम सम्पन्न भएको हो । बाल कल्याण संघ टीकापुरको आयोजनामा भएको कार्यक्रममा १५ वटा संस्थागत विद्यालयहरुको उपस्थिति रहेको थियो ।
निजि विद्यालयहरु मुनाफाका लागि मात्र काम गर्छन् । गरिव विपन्न परिवारका जेहेन्दार विद्यार्थी निजि विद्यालयमा पढ्न सक्दैनन् । निजि विद्यालयहरुले मुक्त कमैया, गरिव, अति विपन्न परिवारका बालबालिकाहरुलाई पढाउन सक्दैनन् भन्ने आम मानिसहरुको विचार रहेको सवैमा अवगत नै छ । तर आजको छलफलले यस विषयलाई गलत सावित गरेको छ । निजि विद्यालयका फाउण्डर तथा प्रिन्सीपलहरुले बालबालिकाहरुको भविष्य सुनिश्चिताका लागि शैक्षिक गुणस्तरलाई ध्यान दिदै विद्यालय संचालन गरेको बताउँछन् ।
बालबालिकाहरुको सर्वाङ्गि विकासका लागि अतिरिक्त कृयाकलाप गराउँदै आएको छ । निजि विद्यालयहरुले मुनाफाका लागि मात्र विद्यालय संचालन गरेका हुन भन्ने धारणा गलत रहेको र निजि विद्यालयहरुसँग स्थानिय सरकारले कुनै किसिमको अन्तरकृया, छलफल नगरेको पनि उनिहरुको भनाई रहेको थियो । कैंयौं निजि विद्यालयहरु पनि आमा बुवा नभएका, अपाङ्ग तथा निजि विद्यालयमा पढ्न चाहेका बालबालिकाहरुलाई छात्रवृत्ति दिने व्यवस्था गरेको समेत उनिहरुको भनाई रहेको थियो ।
सरकारले सधैभरि सामुदायिक विद्यालयलाई मात्र ध्यानमा राखी विद्यालय संचालन ऐन बनाउने गर्दछ । संस्थागत विद्यालयले पनि यस क्षेत्रका बालबालिकाहरुको भविष्य निर्धारणका लागि जिम्मेवार रहेको हुन्छ । यस विषयमा पनि सरकारको ध्यानाकर्षण हुन आवश्यक रहेको पनि उनिहरुले बताए ।