बुटवल,१५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन्।
यस्तै, मुख्यमन्त्री चौधरीले सानो मन्त्रिपरिषद् पनि गठन गरेका छन्। नेकपा ९माओवादी केन्द्र०का धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री बनेका छन्। उनीहरू बिनाविभागीय मन्त्री बनेका हुन्।
मास्की दाङको क्षेत्र नम्बर ३ ९२०, पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ ९१० र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ ९२० बाट निर्वाचित भएका हुन्। उनीहरु तीनै जनाले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन्। मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरी निर्णयमा पुग्ने तयारी छ।
बिहीवार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। चौधरी लुम्बिनीको चौथो मुख्यमन्त्री बनेका हुन्।
उनलाई लुम्बिनी प्रदेशका आठ दलका ५२ र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको छ। यहाँ नेकपा ९एमाले० र राप्रपा मात्र प्रतिपक्षमा बसेका छन्। शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लिला गिरीसहित गठबन्धनमा रहेका राजनीतिक दलका नेता कार्यकर्ता सहभागी थिए।