धनगढी । कैलारी गाउँपालिकाका विभिन्न वडाबाट २ सय लिटर मदिरासहित मदिराजन्य सामाग्री बरामद गरी नष्ट गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर १ र ५ मा पर्ने होटेल, पसलहरुमा अबैध रुपमा राखिएका अवैध घरेलु मदिरासहित मदिराजन्य सामाग्री प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय हसुलियाको वडा एरिया अन्तर्गत पर्ने होटेल, पसलहरुमा प्रहरी नायव निरीक्षक राजेन्द्र सिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्वीप अप्रेशन गरेको थियो ।
अवैध घरेलु तयारी मदिरा (रक्सि) ४० लिटर र जाँड बनाउने कच्चा पदार्थ १६० लिटर गरी २०० लिटर मदिराजन्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका उक्त मदिराजन्य सामाग्री स्थानीय जनप्रतिनिधी तथा स्थानीयहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।