१० चैत्र २०८१, सोमबार March 24, 2025

फोटो प्रतियोगिताको पुरस्कार रकम दृष्टि फाउण्डेशनलाई सहयोग

३ बैशाख २०८०, आईतवार
फोटो प्रतियोगिताको पुरस्कार रकम दृष्टि फाउण्डेशनलाई सहयोग

कैलाली । नयाँ वर्षको अवसरमा आयोजित फोटो प्रतियोगतामा कोपिला सिंह ठकुरी द्धितिय स्थान प्राप्त गरेकी छिन् ।
रक्स फोटो स्टुडियो धनगढीले आयोजना गरेको उक्त प्रतियोगितामा द्धितिय भई उनले नगद पाँच हजार रकम पुरस्कार प्राप्त गरेकी थिइन् । कैलाली बहुमुखी क्याम्पस बिबिएस चौथो सेमेस्टरमा अध्ययनरत उनी एक कार्यक्रमको बीच उक्त रकम दृष्टि फाउण्डेशन नेपाल धनगढीलाई सहयोग गरेकी छन् ।


रकम हस्तान्तरण कार्यक्रममा कलाकार गुणाकर पनेरु, थारु विद्यार्थी समाज कैलाली बहुमुखी क्याम्पसका सचिवालय सदस्य दिपक चौधरी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


दृष्टि फाउण्डेशन नेपालले सहयोगी कोपिलालाई उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनमा पनि उदाहरणीय, प्रशंसा योग्य र प्रेरणाको श्रोतका लागि अभार व्यक्त गरेको छ ।