धनगढी, २६ चैत । थारु विद्यार्थी समाज कैलालीको आयोजनामा स्ववियू निवार्चित थारु विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
थाविसका जिल्ला अध्यक्ष आशिस चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निवार्चित ४० जना विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको हो ।
स्ववियू निर्वाचनमा निर्वाचित टीकापुर बहुमुखी क्याम्पसका सभापति रतिराज चौधरी, कोषाध्यक्ष अनिता डगौंरा थारु, सदस्यमा नरेश चौधरी प्रदिप चौधरी र विनिता कैलीकुश्मी रहेका छन् । यस्तै विरेन्द्र बहुमुखि क्याम्पस टीकापुरका कोषाध्यक्षमा विपना चौधरी, सदस्यमा रिमा चौधरी र सिता चौधरी रहेका छन् ।
रघुनाथ बहुमुखी क्याम्पस बौनियाका विनिता चौधरी सभापति, भगमति चौधरी सचिव, सदस्यमा रविना चौधरी, रमिता चौधरी, मंगली चौधरी र रहिन चौधरी रहेका छन् । यस्तै मोहन्याल बहुमुखी क्याम्पस भजनीका उप सभापति दिपा कठरिया, कोषाध्यक्ष दिव्य चौधरी, सदस्यमा मनिषा चौधरी, सिस्मति कुमारी कठरिया रहेका छन् ।
घोडाघोडी बहुमुखी क्याम्पस सुख्खडका सदस्यमा रिमा चौधरी, स्मृति चौधरी, अनिशा चौधरी अन्जली चौधरी र दुर्गा चौधरी रहेका छन् । खप्तड बहुमुखी क्याम्पस मसुरियाका सहसचिव उमेश्वरी चौधरी, कोषाध्यक्ष सन्जु चौधरी, सदस्यमा रञ्जित चौधरी, सागर चौधरी, किरन चौधरी रहेका निर्वाचित भएका छन ।
कैलाली बहुमुखी क्याम्पसका कोषाध्यक्ष अम्बिका चौधरी, सदस्यमा लोकेन्द्र चौधरी, पुष्पराज राना निर्वाचित भएका छन् । यस्तै एश्वर्य बहुमुखी क्याम्पस धनगढीका कोषाध्यक्ष सुर्दशन चौधरी निर्वाचित भएका छन् ।
यस्तै राष्ट्रिय बहुमुखि क्याम्पस सुख्खडका सचिब सम्झना चौधरी, कोषाध्यक्ष निशा चौधरी, सदस्यमा मल्टि चौधरी, दिपेश चौधरी, संगिता चौधरी, गिता चौधरी, पशुपति चौधरी र सिमा चौधरी विजय भएका छन् ।
बघाई कार्यक्रमका प्रमुख अतिथि थाविसका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करियाप्रधानले निर्वातिच सम्पूर्ण विद्यार्थीलाई कार्यकाल सफलताको शुभकाना व्यक्त गरेका थिए । जिल्ला अध्यक्ष थाविसका जिल्ल्ला सदस्य प्रवत चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।