१४ बैशाख २०८१, शुक्रबार April 26, 2024

देशभर १ लाख ४१ हजारभन्दा बढीको मनोनयन दर्ता

१३ बैशाख २०७९, मंगलवार
देशभर १ लाख ४१ हजारभन्दा बढीको मनोनयन दर्ता

काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ ।

निर्वाचन आयोगले बिहान १०ः३० बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।