काठमाडौँ,२३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।
खाना पकाउने ग्यासको प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।