धनगढी, ११ चैत । कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ताका स्थानीयले आफ्नै लगानीमा सडक ग्राभेल गरेका छन् ।
छटकपुर बसन्ता गाउँ समाजका स्थानीयहरु आफ्नै लगानीमा करिब एक किलोमिट सडक ग्राभेल गरेका हुन् । करिब १५ लाख खर्चमा ९७० मिटर सडक खण्डमा ग्राभेल गर्ने योजना रहेको गाउँका स्थानीय अवि रत्गैंयाले जानकारी दिए ।
उनले छुट्की बसन्ता गाउँ समाज, सुईती सामुदायिक वन उपभोक्ता समूह, खौरहुवा सामुदायिक वन उपभोक्ता समूह, शंकर युवा क्लब र शिव मन्दिर व्यवस्थापन समितिको लगानीमा सडक ग्राभेल गरिएको बताए ।
यस अघि यहाँका स्थानीयले गाउँ समाजको लगानीमा कृषिका लागि ट्रान्सफर्मर र कृषि मिटर पनि जडान गरेका छन् ।

