१८ बैशाख २०८३, शुक्रबार May 1, 2026

कृष्णपुर नगर भल्मन्सामा रामु कुश्मी चयन

५ चैत्र २०८२, बिहीबार
कृष्णपुर नगर भल्मन्सामा रामु कुश्मी चयन

धनगढी, ५ चैत । कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिकाका सम्पूर्ण भल्मन्साको भेलाले रामु कुश्मीलाई अध्यक्षमा चयन गरेका छन् । नगर भल्मन्सा समितिले कुश्मीको अध्यक्षतामा नौ सदस्यी समिति चयन गरेको हो ।
समितिका उपाध्यक्ष सुन्दरलाल चौधरी, सचिवमा गोपीलाल चौधरी, सहसचिवमा राजकुमार चौधरी, कोषध्यक्षमा द्रोपति चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा शीला राना, दशीराम चौधरी, सिता चौधरी र कलेसी राना रहेका छन् ।
नव निर्वाचित समितिले भल्मन्सालाई गाउँघरमा हुने समस्या समाधानमा छलफलको लागि सहजता मिलोस् भनि हरेक महिना समिक्षा बैठक बसी भल्मन्साहरु नेतृत्व विकासको लागि पनि छलफल गर्ने अध्यक्ष कुश्मी बताए ।
उनले थारु समुदायमा भल्मन्सा प्रथा पुस्तौंदेखि चलिआएकोले यो प्रथालाई कानूनी मान्यता तथा कार्यन्वयको लागि एकजुट हुन आवश्यक रहेको बताए ।